आउँदै उहिले बाजेको पालामा


काठमाडौं । पुरानो कथालाई प्रस्तुत गरेर फिल्म ‘उहिले बाजेको पालामा’ निर्माण गरिएको छ । बसन्त घर्ती मगर र गणेश बेलवासेले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा गुहृेश्वरी बेलवासे, अस्मिता बडुवाल, चेतन कोइराला र यादव सैघाली निर्माता छन् ।
Khusbu Khadkaविदुर राना मगरको सह–निर्देशन रहेको फिल्ममा दिलिप रायमाझी, नविन श्रेष्ठ, गणेश बेलवासे, खुश्वु खड्का, सपना रोक्का, पूजा रिजाल, मियून जिरेल लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विपिन आचार्यको संगीत, भरत क्षेत्रीको एक्सन, हरिनारायण चौधरीको छायांकन, गणेश बेलवासेको लेखन, मित्र डी गुरुङको सम्पादन रहेको छ । फिल्मको शुक्रबार राजधानीको विश्वज्योति हलमा विशेष शो गरिएको थियो । फिल्म मंसीर ४ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉