अमेरिकामा ‘छ एकान छ’


chha-ekan-chha

nepali movie “chha ekan chha” poster

ग्ल्यामर नेपाल, भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्र भर्जिनियामा नेपाली कमेडी चलचित्र ‘छ एकान छ’ प्रदर्शन भएको छ। युनाईटेड नेपालले प्रदर्शन गरेको चलचित्र हेर्न नेपालका प्रख्यात पप गायक ओम विक्रमम बिष्ट, नायक सरोज खनाल, नायक किरण प्रताप केसी तथा अन्य कलाकार र सो क्षेत्रका दर्शकहरु हलसम्म पुगेको थिए।

‘छ एकान छ’ हेर्ने अधिकांश दर्शकले फिल्म राम्राे बनेको प्रतिक्रिया दिएका थिए। पप गायक विष्टले ओम बिक्रम बिष्टले नेपाली चलचित्र अलिक कम हेर्ने भएकोले ठिकै लागेको बताए। सञ्चारकर्मी गुणराज लुइँटेल, विश्व बैंकमा कार्यरत श्याम केसी तथा प्रेम संग्रौला तथा अमेरिकाको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल समाजका पुर्व अध्यक्ष खेम भट्टचनले कथा वस्तु ठिकै लागेको, थुप्रै मेहनत गर्नु पर्ने ठाउँ रहेको प्रतिक्रिया दिए।
chha-ekan-chha-in-usa
नेपालमा ब्लबबस्टर हिट भएको ‘छ एकान छ’लाई दिनेश डिसीले निर्देशन गरेका हुन्। चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, सिताराम कट्टेल, सन्दीप क्षेत्री, निता ढुंगाना लगाएतका कलाकारको अभिनय रहेको छ। यो फिल्म अहिले विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ।

SUBSCRIBE 👉