ओमाहापछि केरोलिनामा ‘अझै पनि’


काठमाडौं । अमेरिकाको ओमाहा, नेब्रास्कामा सफल भएपछि नेपाली फिल्म अझै पनि पुनः अमेरिकामा प्रदर्शन हुने भएको छ। अमेरिकाको उत्तरी केरोलिनामा प्रदर्शन हुन लागेको फिल्म ’अझै पनि’लाई दर्शकहरुले अत्याधक रुचाइएको कारण पुनः प्रदर्शन गर्न लागिएको अमेरिका भर प्रदर्शनको जिम्मा लिएका राज आचार्यले जानकारी दिए।

स्व. आलोक नेम्बाङको निर्देशनमा बनेको अन्तिम फिल्मलाई केरोलिनामा ट्राएड नेप्लिज कम्युनिटी सेन्टरले प्रदर्शनीको आयोजना गर्दैछ।

nepali movie ajhai pani directed by alok nembang

यो विशुद्द सामाजिक कथामा बनेको चलचित्र हो । यो फिल्मले काठ क्षेत्रको रहनसहन, सोच तथा नारीको संवेदना एवं सिन्दुरपोतेको महत्वलाई प्रकाश पार्छ। फिल्मलाई सुदर्शन थापा प्रोडक्शन तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन्। चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको प्रमूख अभिनय छ भने पुष्प खड्का, प्रमिला खनाल, विशाल ढुंगाना, विजय लामा, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगायतले पनि अभिनय गरेका छन्।

रामशरण पाठकको लेखनमा बनेको ’अझै पनि’मा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी तथा सचिन सिंहको संगीत रहेको छ। फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।

SUBSCRIBE 👉