तीन फिल्मसँग भिड्दै सुश्री


काठमाडौं । यसपालीको दशैँमा चार फिल्मले रिलिज मिति तय गरेका छन् । नेपाली फिल्मले बिशेष गरी चाडपर्बमा राम्रो ब्यापर गर्ने भएकाले पनि अधिकांश निर्माताले दशैँ तिहारको मौका छोपेर फिल्म रिलिज गर्ने गरेका छन् ।

दशैंमा ‘अधकट्टी’, ‘ठमेल डटकम’, ‘परदेशी’ ले रिलिज मिति तय गरेर प्रचारप्रसारमा जुटिरहँदा अर्को फिल्म ‘सुश्री’ पनि दशैंमा रिलिज हुने फिल्मको सूचीमा थपिएको छ । फिल्म लेखनमा ख्याती कमाएका लेखक शिवम अधिकारीको डेब्यु निर्देशन रहेको फिल्म कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हूँदैछ ।
Ashika Aryanआत्मराम थापाको निर्माण रहेको फिल्ममार्फत अभिनेत्रीका रुपमा आशिका तामाङ डेब्यु गर्दैछिन् । आत्मराम पनि फिल्मका लागि नयाँ निर्माता हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलले आशिकासँग रोमान्स गरेका छन् भने सुरबिना कार्की,राजाराम पौडेल,बिकास चापागाईं र मिश्री थापालगायतले पनि अभिनय गरेका छन् ।

फिल्ममा रामेश्वर कार्कीको छायांकन, शंकर बिसीको कोरियोग्राफी, सानु कुमारको एक्सन, बसन्त सापकोटा र सुवास भुषालको संगीत रहेको छ । आशिका फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मका वितरक रोहित–रत्न हुन् ।

SUBSCRIBE 👉