भाले फाइटको अडियो सार्वजनिक


काठमाडौं । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्म ‘भाले फाइट’को अडियो सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले अडियो सार्वजनिक गरेका हुन् । फिल्मका कार्यकारी निर्माता भोजबहादुर गुरुङ, सञ्चारकर्मीद्वय राज श्रेष्ठ र सामिप्यराज तिमल्सिना, नायकद्वय बाबु बोगटी र सन्दिप क्षेत्री, नायिका रिमा विश्वकर्मालगायतले अडियो सार्वजनिक गरेका थिए ।

Bhale Fightकार्यक्रममा कार्यकारी निर्माता गुरुङले फिल्मले एउटा पुरुषको सफतलाको पछाडि महिलाको हात हुने कथा प्रस्तुत गर्ने बताए । यसैगरी कलाकार सन्दिपले आफुलाई दर्शकले फिल्ममा कमेडी पात्रमा देख्ने बताए भने अर्का कलाकार बाबुले फिल्मको कथाले सबैलाई छुने दाबी गरे । अर्की कलाकार रिमाले फिल्ममा आफु बौद्धिकस्तरको बुहारीको भूमिकामा देखिने खुलाईन् । फिल्मबाट कलाकारका रुपमा डेब्यु गरेका मानबहादुर राईले फिल्ममा आफ्नो पहिलो अनुभव भए पनि राम्रा कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको बताए ।

फिल्मका प्रस्तुतकर्ता, संगीतकार र निर्देशक अशोक राई(च्याप) हुन् । उनी अष्ट्रेलियामा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् । भिषा राई, शर्मिला राई र मानबहादुर राई निर्माता रहेको फिल्ममा अजय श्रेष्ठ, बसन्त भट्ट, गीता अधिकारी, जेनी शेर्पा र सपना श्रेष्ठले समेत अभिनय गरेका छन् । फिल्ममा अशोक र दीपक निङलेखुको गीत, बाबु, रजीना रिमाल र सुबु थापाको गायन, रोशन श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य, अर्जुन जिसीको सम्पादन र गणेश श्रेष्ठको छायांकन रहेको छ । फिल्म आगामी असोज ८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

SUBSCRIBE 👉