हरिवंशले गाए चुच्चे हिमाल(भिडियो)


काठमाडौं । मह जोडी हाँस्यब्यंग्यमा जति चर्चित छन्, गीत संगीतमा पनि उति नै चर्चित छन् । नियमित गीत बजारमा नआएपनि महद्वारा गाईएका गीतहरु बेला बेला भने बजारमा आउछन्, अनि सबैको ध्यान खिच्छन् । यसैबीच महका ‘ह’ अर्थात हरिवंश आचार्यले गाएको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ ।
Hari Banshaगीतमा राष्ट्रप्रेमसँगै प्रेमी प्रेमिकाको स्वच्छ मायालाई पनि बोलिएको छ । हरिवंश आचार्य स्वयंले लेखेको गीतमा संगीत पनि उनी स्वयंको नै छ । चुच्चे हिमालमा, मै जहाँ भएनी मेरो मुटु नेपालमा…..गीतको म्युजिक भिडियोमा पनि निकै नयाँपन पाईन्छ । स्टुडियोमा खिचिईको भिडियोको बारेमा गायक आचार्यले भने, ‘खासमा भिडियो बनाउने नै भनेर फुटेज खिचिएको त होईन तर पछि त्यही फुटेज नै आर्कषक हुने जस्तो लागेर म्युजिक भिडियोको स्वरुप दिईएको हो’ । यस गीति भिडियोमा हरिवंश पत्नी रमिला आचार्यलाई पनि देख्न सकिन्छ ।

सार्वजनिक यस गीतका भावहरुले नेपाली मनको मिठो माया अनि चुच्चा हिमालझै अटल र निश्चछल स्वभावलाई शब्दभावहरुमा ब्यक्त गरेको छ । यस गीतको म्युजिक भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने सगीत संयोजन जीवित जल्मीले गरेका हुन् । गौरी शंकर धुजँुको छायाकन रहेको यस भिडियोलाई गणेश कँडेलले सम्पादन गरेका हुन् ।

SUBSCRIBE 👉