नविनको भिडियोमा अशिष्मा–निराजन रोमान्स


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका अशिस्मा नकर्मी र म्युजिक भिडियोका ब्यस्त मोडेल निराजन प्रधान एउटै पर्दामा देखिने भएका छन् । सोमबार हात्तीबन रिसोर्टमा छायांकन गरिएको गायक महेश थुलुङको पलमै हसायौ बोलको गीतमा यी दुई मोडल तथा नायिकासँगै देखिने भएका हुन् । फोटोपत्रकार नबिन गुरुङले यी दुई चर्चित नायिका र मोडेललाई एकै पर्दामा ल्याउने काम गरेका छन् ।
Ashishma-Nirajanनबिन गुरुङको निर्देशन र छायाँकनमा रहेको उक्त म्युजिक भिडियो आफुहरुको यो नै पहिलोकाम भएकोले निकै महत्वपूर्ण रहेको नायिका अशिष्मा नकर्मीले बताइन । फोटो पत्रकारिता र म्युजिक भिडियो छायांकनमा ब्यस्त नबिन गुरुङले पनि पहिलोपटक आफुले म्युजिक भिडियो निर्देशन गरेकाले आफ्नो लागी पनि यो म्युजिक भिडियो निकै महत्वपूर्ण रहेको बताए ।

यस म्युजिक भिडियोमा अशिश्मा र निराजन संगै कलाकार सुनिल मगरले पनि अभिनय गरेका छन् । मण्डला थिएटरमा आबद्ध सुनिल मगर नाटकमा ब्यस्त कलाकार हुन् । गायक महेश थुलुङ्को एल्बम मोमेन्टमा समावेश यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजानिक गरिने गुरुङले बताएका छन् ।

SUBSCRIBE 👉