बालविवाहविरुद्ध गृहिणी सुन्दरी


काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिले बालबिबाह विरुद्ध आवाज उठाउँदै गृहिणीहरुलाई सौन्दर्य प्रतियोगिताममा उतार्ने भएको छ । विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक स्प्र्धा गर्दै आएको रिवन इन्टरटेनमेन्टले यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच ‘मिसेस नेपाल इन्टरनेशनल २०१५’ आयोजना गर्न लागेको हो ।
Mrs Internationalआयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार गृहिणीहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वावलम्बी बनाउनका लागि प्रतियोगिता गर्न लागिएको हो । अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताका प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा विज्ञहरुद्धारा दैनिक रुपमा विभिन्न विषयको तालिम र कक्षा सञ्चालन भईरहेको छ ।

आगामी असोज महिनामा राजधानीमा हुने मिसेस नेपाल इन्टरनेशनल २०१५ को अन्तिम स्पर्धाका लागि तयरी गरिरेका प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित नेपाल र भारतको विज्ञापनमा अवसर, मोडलिङको अवसर, निःशुल्क आईइएल टीएस, टोफलजस्ता भाषा सिक्ने मौका पनि प्रदान गरिनेछ ।

प्रतियोगितामा सामेल प्रतियोगिहरुले हालै बालबिबाह विरुद्ध राजधानीमा प्रदर्शनसमेत गरेका थिए। प्रतियोगिामा परी कल्पना राई, प्रतिमा केसी, सोनम श्रेष्ठ केसी, स्मीता पाण्डे, सरवनी पाण्डे, विजयता श्रेष्ठ, सरिता भुजु, सरस्वती डंगोल, सुमन तामाङ भेटवाल, रीती बराल, मीरा मानन्धर, रेञ्जु थापा, अनिता गुरुङ, दीपीका श्रेष्ठ, जानकी थापा मगर पुन, सन्ध्या देउला, उषा लिम्बु सुब्बा, पुर्निमा थापा सबिता लामिछाने र सरला श्रेष्ठले स्प्र्धा गर्दैछन् ।

SUBSCRIBE 👉