आर्यन भन्दैछन्, ‘व्यथा मनको कसरी सुनाउँ ?’


aryan-sigdel-and-namrata-shrestha-november-rain

Aryan Sigdel and Namratra Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘नोभेम्बर रेन’को नयाँ गीत रिलिज गरिएको छ। ताराप्रकाश लिम्बुको संगीत र दिनेशकै शब्द रहेको ‘पल भरमै खुशी’को स्याड गीत सार्वजनिक गरिएको हो। जसमा युवराज लामिछाने, रजिना रिमाल र मेलिना राईको स्वर सुन्न सकिन्छ। यो गीत आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ माथि फिचरिङ गरिएको छ।

आर्यन र नम्रताको जोडी ‘मेरो एउटा साथी छ’ पछि दोस्रो पटक एकसाथ देखिन लागेका छन्। सोही कारण सुटिङ सुरु भए देखि नै फिल्मको चर्चा चुलिरहेको छ। राजेश श्रेष्ठले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। चैत्र १४ गते रिलिज हुने ‘नोभेम्बर रेन’मा आर्यनको लगानी रहेको छ। सुवास गिरी फिल्मका अर्का निर्माता हुन्। केही दिन अघि यो फिल्मलाई एकल रिलिजको व्यवस्था मिलाइदिन नेपाल प्राविधिक संघले आग्रह गरेको थियो। निर्माता सुवासले नेपाली सिने बजारलाई अन्तर्राष्ट्रय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्पूर्ण संघसंस्था, हल सञ्चालक, निर्माता, निर्देशकसँग ‘नोभेम्बर रेन’लाई एकल रिलिजको आग्रह गरिएको थियो।

SUBSCRIBE 👉