दशैंतिहारको गीतमा नाँचे रिस्ता विकास


काठमाडौँ । गायक महेश क्षेत्रीले दशैँतिहारको गीत बजारमा ल्याउने भएका छन् । ‘रमाइलो चाड खुशी मनाउ’ बोलको गीतमा दीपक थापाको शब्द र शंकर थापाको संगित रहेको छ । गत आइतबार गीतको भिडियो छायांकन गरिएको थियो ।
Bikash-Ristaशंकर घायलको निर्देशन रहेको भिडियोमा रिस्ता बस्नेत र विकास लामिछानेले अभिनय गरेका छन् । सन्दिप भुजेलले नित्य निर्देशन गरेको यो गीतमा रामेश्वर हुमागाईको छायांकन, नबिन पन्तको सहनिर्देशन र नबिन निरौलाको सम्पादन रहेको छ ।

रोमान्टिक बेसमा निर्माण गरिएको म्युजिक भिडियो निकै राम्रो बनेको नृत्य निर्देशक भुजेलले बताए । भिडियोको छायांकन कटुन्जेको महादेव स्थानमा गरिएको हो ।

SUBSCRIBE 👉