धुर्मुस-सुन्तली एकीकृत नमुना बस्तीमा बाबुराम भट्टराई


संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई ‘धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती’ अवलोकन गर्न पाँचखाल १६ पहरीगाउँ पुगे। एकीकृत बस्तीको अवलोकन गरेपछि उनले धुर्मुस् र सुन्तली नेतृत्वको टोलीलाई धन्यवाद दिए। ‘सरकारले नमूना बनाएर अरुले लागू गराउनुपर्नेमा यहाँ उल्टो भयो, उनले भने, अब यो मोडल सरकारले फलो गर्नुपर्छ। संविधान निर्माण सकिएकोले मुलुक अब नवनिर्माण र पुनर्निर्माणमा जुट्नुपर्ने उनले बताए। प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेलले आफूसँग सल्लाह लिएको बताउँदै आवश्यक सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। पहरी बस्तीमा नै खाना आएर उनी फर्किए।

Baburam-Bhattarai-Dhurmus-photo-2सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै मेरी बास्सै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकीकृत नमूना बस्ती बसाएको थियो। पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचा सहितको ३ कोठे पक्की २० घर छन्। प्रत्येक घरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लाट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ।

Baburam-Bhattarai-Dhurmus-Suntali-photo-1पलाञ्चोक भगवती मन्दिरमा दैनिक फूलको व्यवस्था गर्ने र जात्राहरुमा खट बोक्ने कामका लागी पलाञ्चोकमा गुठी जग्गामा बसेका पहरीहरुको नाममा कुनै जग्गा छैन। बाबुबाजेको नाममा रहेको गुठीको जग्गामा नै उनीहरुले भोगचलन गर्दै आएका छन्। – ई कान्तिपुर

SUBSCRIBE 👉