अनु र मुकेशको ‘कवाडी’ जोडी


anu-shaha-and-mukesh

Mukesh Acharya and Anu Shah

ग्ल्यामर नेपाल, काठमाडौं । मान्छे किन कवाडीको भाउमा पुग्छ भन्ने कथामा निर्माण हुन लागेकेा फिल्म “कवाडी”को सोमबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको छ। फागुन अन्तिमबाट सुटिङ सुरु हुने कवाडीको निर्देशक मिलन आलेमगर हुन्। अनु शाह र मुकेश आचार्य प्रमुख भूमिकामा रहेको कवाडीको मुर्हत सटको निर्देशन चलचित्र नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रीनले गरेका थिए भने क्यामेरा स्वीच अन संचारकर्मी दिनेश सिटौला, क्ल्याप राजन घिमीरेले र नरिवल फोड्ने काम निर्देशक बसन्त निरौलाले गरेका थिए।

फिल्म पूर्ण मनोरञ्जनात्मक हुने दावी निर्देशक मिलनले गरे। उनले फिल्मले बाटो बिराएकालाई सुमार्गमा हिड्न प्रेरित गर्ने बताए। जलजला म्युजीक प्रालिको प्रस्तुतिमा बन्ने फिल्मको निर्माता भानसरी घर्ती र साबित्री हुन्। रामेश्वर जिरेलले खिच्ने फिल्मको स्क्रिप्ट सुशील पंगेनीले लेखेका हुन्। काठमाडौं र दाङमा खिचीने कवाडीमा अनु र मुकेशका साथै शक्ति जिएम, सुदिप काफ्ले, रश्मी भट्ट, विमल नेपालीलगायतले अभिनय गर्दैछन्।

SUBSCRIBE 👉