सिनेयात्री स्टार नाइटमा पत्रकारहरुको क्याटवल्क


राजधानीस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा गत शनिबार “सिनेयात्री स्टारनाइट २०७२” सम्पन्न भयो। सिनेयात्री मासिक पत्रिकाले केही वर्षयता दशैंको छेको पारेर निरन्तर सांगीतिक तथा शुभकामना कार्यक्रम गर्दै आएको छ। पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर कार्यक्रम गर्दै आएको हो सिनेयात्री स्टार नाइट–२०७२’ नाम दिइएको कार्यक्रममा कलाकारले आफ्नो प्रस्तुतीमात्र पस्केनन्,कलमजीवी पत्रकारहरु समेत र्याटम्पमा उत्रिएका थिए।

Fashion-Show-at-Cineyatri-Star-Night

मोडलहरुलाई गिफ्ट वितरण गर्दै फिल्म निर्मात्री तथा फेशन डिजाईनर पुनम क्षेत्रि गौतम।

कार्यक्रममा मोडल एजेन्सी दि र्या्म्पकी सञ्चालिका,फेशन स्टाइलिस्ट ,पत्रकार एव चर्चित फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा मोडल र पत्रकारले क्याटवाक गरे। कार्यक्रममा र्याम्प मोडेलिंग एजेन्सीका मोडेलहरु क्रमश दिव्या महर्जन ,सिमरन लुइँटेल ,प्रज्वल गौतम र प्रदिप सिवाकोटी डिजाइनर सन्तोषी श्रेष्ठको पहिरनमा फर्मल सीक्वेंसमा प्रस्तुत भएका थिए भने पत्रकारहरुमा स्ट्रिट नेपालका फोटो पत्रकार नविन गुरुङ, मार्गदर्शन दैनिकका एमपी सुब्बा, स्क्रिन नेपालका प्रविनसिंह ठकुरी र विशालचौतारीका विशाल राईले दाउरा–सुरुवालमा क्याटवाक गरेका थिए।

Journalist-on-The-Ramp-Show

क्याटवल्क गर्दै पत्रकारहरु : एमपी सुब्बा, नविन गुरुङ, प्रविनसिंह ठकुरी र विशाल चौतारी

पत्रकारहरुको सिक्वेन्समा चर्चित आरजे एव कोरियोग्राफर कला सुब्बा “शो स्टपर”को रुपमा स्टेजमा उत्रेकी थिइन्। मोडल एव पत्रकारहरूलाई फेशन डिजाइनर एव प्रोड्युसर पुनम क्षेत्रि गौतमले आफ्नो तरफबाट उपहार वितरण गरेकी थिइन्।

Kala-Subba-Jayan-Subba-Poonam-Gautam-Chhetri

कला सुब्बा, जयन सुब्बा र पुनम क्षेत्रि गौतम।

कार्यक्रममा धिरज राई, हिमाल सागर, युवराज गुरुङ, रुकमान लिम्बू, रुपक डोटेल, मञ्जु कुवार, उमा भट्टराईलगायतका गायकरगायिकाले आफ्नो सांगीतिक प्रस्तुति पस्केका थिए। बरिष्ठ हास्य कलाकार बसुन्धरा भुषालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम संचालन दिनेश डी सीले गरेका थिए।

SUBSCRIBE 👉