हाँस्य कलाकारहरुका विच सार्बजनिक भयो गायक राजकुमारको डिभीडि एल्बम ‘अंकुरण’


गायक राजकुमार देवकोटाले गाएका आधुनिक गीतहरुको डिभीडि एल्बम ‘अंकुरण’ लाई हाँस्य कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला तथा गायक आनन्द कार्कीले एक समारोहका बीच विमोचन गरेका छन् । एल्बममा ६ वटा गीतका म्युजिक भिडियोहरु समावेश गरिएका छन्।
nepali music album release
डेढ दशकदेखि संगीतको प्रशिक्ष्ँण लिइरहेका गायक देवकोटाको एल्बमका गीतहरुमा दिनेश अधिकारी, राजन न्यौपाने, दिलिप केसी तथा गायक स्वयं कै शब्द रचना छन् भने वरिष्ठ संगीतकार मनराजा नकर्मी, दिलिप केसी, सुनिल सिंह ठकुरी तथा किरण तुलाधरले एल्बमका गीतहरुलाई संगीतबद्ध गर्नु भएको छ। समारोहमा गायक देवकोटाले अहिले संगीत सुन्नेमात्र माध्यम नरहेकाले एल्बमका सबै गीतका म्युजिक भिडियो तयार पारिएको बताए।

विमोचन समारोहमा सहभागि भएका अधिकांश हास्य कलाकारहरुले गायक देवकोटाको गायनको प्रसंसा गरे। हास्य कलाकार किरण केसीले नियमित रियाज गरेको खण्डमा गायक देवकोटाको सांगीतिक भविष्य उज्वल रहेको बताए। गायक आनन्द कार्कीले पनि गायक देवकोटामा संगीतको प्रसस्त ज्ञान रहेको बताउ“दै संगीतलाई पेशा बनाउने हो भने थप मेहनत आवश्यक रहेको टिप्पणी गरे। विमोचन समारोहमा ६ वटै गीतका म्युजिक भिडियोका मुख्य दृष्यहरु प्रदर्शन गरिएको थियो।

SUBSCRIBE 👉