रिमाको हनिमुन स्थगित । हनिमुन बजेट चलचित्रकर्मी कल्याण कोषलाई सहयोग


पाँच तारे होटलमा गत आइतबार बेलायतमा बस्दै आएका रोवर्ट ल्वागुनसँग नायिका रिमा बिश्वकर्माले लगन गाँठो कसिन। विवाह लगत्तै हनिमुनका लागि माल्दिभ्स वा पेरिसजाने निर्णय गरेका यो नव दम्पतीले सो निर्णय क्यान्सिल गरेका छन्। हनिमुनमा खर्च हुने सम्भावित रकम यो जोडीले चलचित्रकर्मी कल्याण कोषलाई सहयोग गरेका छन्।

reema robert married couple

Reema and Robert | Photo Courtesy: Mahesh Pradhan

एक लाख रुपैयाँ कोषकी संयोजक झरना थापालाई प्रदान गरेपछिको मन्तव्यमा रिमाले भनिन् – “हामीलाई हनिमुन जानु एक्स्ट्रा खर्च गर्नु हो जस्तो लाग्यो। बरु त्यो खर्चलाई नयाँ कामको लागि किन खर्च नगर्ने भन्ने विचार आयो। श्रीमानले पनि सहमति जनाएपछि यो रकम कोषलाई सहयोग गर्न चाहेका हौ”।

विवाहपछि पनि अभिनय क्षेत्रलाई निरन्तरता दिएकी नायिका झरना थापालाई आफ्नो आदर्श मान्ने गरेकी बताउने रिमाले उनकै नेतृत्वको कोषलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्।

फेसबुकबाट साथी बनेका यो जोडीले छोटो प्रेम सम्बन्धपछि विवाह गरे। आईतबार नै पति रोबर्टलाई बेलायतका लागि बिदाई गर्न लागेकी छिन रिमाले।फिल्म ‘स्वर’ बाट फिल्मी नगरीमा प्रवेश गरेकी रिमाको पछिल्लो फिल्म ‘भाले फाइट’ प्रदर्शन भई रहेको छ। फिल्ममा उनी बाबु बोगटीको साथमा देखिएकी छन्।

SUBSCRIBE 👉