आर्यन र आशिकाको यस्तो माया


काठमाडौं । आगामी कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सुश्रीको यस्तो माया बोलको गीत सार्वजनिक भएको छ। गीतमा अभिनेता आर्यन सिग्देल र आशिका तामाङले फिचरिङ गरेका छन् ।
Sushree-Songगीतमा आशिष पुरुषको शब्द,सुबास भुषालको संगीतमा सन्तोष लामा र निकिता थापाले स्वर भरेकी छिन् । गीतमा शंकर बिसीको कोरियोग्राफी रहेको छ । चकलेटी नायकको रुपमा परिचित अभिनेता आर्यन सिग्देल स्टारर यस चलचित्रको गीत र ट्रेलर पछिल्लो समय दर्शकले रुचाएका छन् ।

चलचित्र लेखक शिबम अधिकारी निर्देशित चलचित्रमा आर्यन र आशिका सहित सुरबिना कार्की,बिकास चापागाईं,राजाराम पौडेल,मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् भने चलचित्रलाई रोहित रत्नले वितरणको जिम्मा लिएका छन् ।

SUBSCRIBE 👉