मिस मंगोलको पहिलो चरणको अडिसन सम्पन्न


miss-mangol-2014-audition-photo

First Round of Miss Mangol Nepal

ग्ल्यामर नेपाल, काठमाडौं । मिस मंगोल नेपाल २०१४ का लागी आवेदन दिएका मंगोल समुदायका युवतीको पहिलो चरणको छनोट (अडिसन) बुधबार राजधानीमा सम्पन्न भएको छ। प्रतियोगीतामा सहभागी हुुन देशभरका ५७ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ जनाले अन्तिम प्रतिष्पर्धाका लागी मौका पाउने आयोजक एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङले जानकारी दिएकी छन्।

पहिलो चरणको छनोटमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक श्याम साम्सोहाङ, मिस मंगोल नेपाल २०१३ मुस्कान लिम्बुलगायत निर्णायक मन्डलमा रहेका थिए। अडिसनमा उर्त्रिण प्रतियोगीलाई प्रतियोगीतासाग सम्बन्धित विभिन्न विषयमा कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन्। यस क्रममा प्रतिभा प्रस्फुटन, आत्माविश्वासमा अभिवृद्धि, आफुमा भएको क्षमता प्रदर्शनदेखी मौलिक कला, संस्कृती, भाषा, भेषभुषा आदिका बारेमा जानकारीमुलक कक्षा समेत दिइने छ।

सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोल प्रतियोगितामा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धामा प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइादै आएको छ। हरेक क्षेत्र जनताको मत र चाहना अनुसार चल्ने यस युगमा मिस मंगोल छनोटमा पनि लाखौं नेपालीलाई प्रत्यक्ष सहभागी गराउन एसएमएस भोटिङलाई २५ प्रतिसत मान्यता दिइएको आयोजकले जनाएको छ।

आफ्नो मौलिक कला र संस्कृती प्रवर्द्धनका लागि जातीय सौन्दर्य प्रतियोगीताको लहर चलेका बेला मिस मंगोल नेपाल समस्त आदीवादी जनजातीका प्रतिभावान युवतीका लागि साझा प्लेटर्फम सावित भएको छ। नेपालका साथै विश्वभरका करोडौं मंगोल समुदायको ध्यान खिच्न सफल यस प्रतियोगीतालाई नेपालको मौलिकतासाग जोड्न गत वर्षदेखी मिस मंगोल नेपाल नामाकरण गरिएको हो।

प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेर समुहका, घटीमा एसएलसी पास एवं पााच फिटभन्दा बढी उचाई भएका मंगोल समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान राखिएको छ। प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटो जेनिकलगायतका विभिन्न उपाधी पनि प्रदान गरिने छ।

यसअघि सृष्टि राजकणिर्कार, वर्षा रानी गुरुङ, सुम्निमा देवान, सपना रोका र मुस्कान लिम्बुले मिस मंगोल नेपालको शीर्ष उपाधी चुमिसकेका छन्। मिस मंगोलको यो छैटौं संस्करण हो। प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी चैत २२ गते काठमाडौंमा हुनेछ।

SUBSCRIBE 👉