नेपाली चलचित्र क्षेत्रमा कुनै समय सफल अभिनेत्री जल शाह पुन : कलाकारिता क्षेत्रमा सकृय हुने सम्भावना देखिएको छ। हाल अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री शाहले आगामी २०१५ नोभेम्वर १ तारिखमा अमेरिकाको साल्ट लेक सिटीमा एक भब्य नेपाली सास्कृतिक कार्य्रक्रमको आयोजना गर्ने भएकी छिन। नेपाली सिनेमा र संगीतका बहुचर्चित कलाकर्मीहरुको प्रस्तुती रहने सो कार्य्रक्रममा शाहकि श्रीमान सरत रिमाल र ब्यवसायी राजेन्द्र ह्योजुको समेत सहकार्य रहने बताईएको छ।

Ramkrishna Dhakal, Nisha Sunar, Arunima Lamsal, Dilip Rayamajhi, Yam Baral, Sangita Thapa Magar, Luna Shrestha and Nabin kc
साल्ट लेक सिटीमा पहिलो पटक हुने लागेको नेपाली कार्य्रक्रमलाई सफल बनाउन चर्चित नायक दिलिप रायमझी र नायिका अरुणिमा लम्शालले आकर्षक प्रस्तुतीको तयारी गर्दैछन भने कुनै समय एकअर्काका प्रतिस्प्रर्धी मानिने गायकद्वय रामकृष्ण ढकाल र यम बाराल १४ बर्ष पछी एकै साथ प्रस्तुत हुँदैछन। साथमा गायिका निशा सुनुवार, संगीता थापामगर, नृत्य निर्देशकद्वय नबिन के सि, लुना श्रेष्ठ र फिल्म निर्देशक सुरेस दर्पण पोखरेलको पनि प्रस्तुती रहनेछ।
यसप्रकारका कार्य्रक्रमहरुको आयोजनामा सक्रीयता सगै एक समय नेपाली चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी अभिनेत्री जल शाह पुन : कलाकारितामा कृयाशिल हुनसक्ने सम्भावनाहरु देखिएका हुन्।
अभिनेत्री शाहले नेपालमा बिनाशकारी भुकम्प गएको बेला युवा चलचित्रकर्मीहरुको अभियान ” वि फर अल” मार्फत काभ्रेको पोखरिचौरीमा स्कुल पुनर्निमाणका लागी रु १ लाख १ हजार सहयोग समेत गरेकी थिइन।
सम्पर्क तथा कार्यक्रमको थप जानकारीको लागी यहाँ क्लिक गर्नुहोस्