निल डेविडको युनिसेक्स सलुन (छैठौं शाखा) को उद्घाटनमा कलाकार देखि उद्योगपति सम्म


चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा निल डेभिड्स युनिसेक्स सलुनको छैठौं शाखा सञ्चालनमा ल्याएका छन्। सोमबार कलाकार, उद्योगपति लगायतको उपस्थितिमा आयोजित एक भव्य कार्यक्रमका साथ नायिका करिश्मा मानन्धरले शुभारम्भ गरेकी छिन्। कार्यक्रममा नायिका नन्दिता केसी, हास्य अभिनेता तथा निर्माता निर्मल शर्मा, दीपाश्री निरौला, गायक सिताराम पोखरेल, उद्योगपति राजेन्द्र खेतानलगायतको सहभागिता रहेको थियो।

karishma manandhar inaugurating neel david's beauty saloon हेयर स्टाइलिष्ट डेभिडले कलाकारहरुका लागि फिल्मको पात्र सुहाउँदो हेयर स्टायल सेवा दिँदै आएको तथा आगामी दिनमा यसलाई अझ जोड दिने बताए। निकट भविष्यमै नयाँ वानेश्वर र इटहरीमा समेत सलुन र एकेडेमी सञ्चालनमा ल्याइने निलले बताए। ‘सञ्चार माध्यम तथा सेलिब्रेटीको माया र सद्भाव तथा हेयर स्टायलप्रेमीको साथका कारण आज यहाँसम्म पुगेको छु। आगामी दिनमा यस्तै साथ, समर्थन सद्भाव र सहयोगले हेयर स्टाइलिङबाट नेपाललाई चिनाउने सक्षम हुनेछु भन्ने विश्वास मलाई छ’ निलको भनाई छ।

Neel David selfieउद्योगपति खेतानले हेयर स्टायलको क्षेत्रमा निलको प्रवेशसँगै नेपाली युवाको हेयर स्टायल परिवर्तन भएको र अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको चर्चा गरे भने निर्मल शर्माले हलिउड बलिउडमा हेयर स्टाइलिष्ट भनेर सुन्दै आए पनि नेपालमा हेयर स्टाइलिष्ट भनेकै निल डेभिड भनेर चिनेको उल्लेख गरे।

Neel-David-with-Nepali-Artistsनन्दिता, दीपालागयतले हेयर स्टायल र यसमा निलको योगदानको चर्चा गरे भने प्रमुख अतिथी अभिनेत्री करिश्मा मानन्धरले नेपाली युवाको यस्तै प्रतिभाले नेपाललाई समुन्नत बनाउने धारणा राख्दै निरन्तर सफलताका लागि शुभकामना दिइन्।

Neel-David-with-Karishma-Manandhar-and-Nandita-kcनिल डेभिड्स युनिसेक्स सलुनको छैठौं शाखामा के के सेवा उपलब्ध छन् ?
महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध छ।

यो सलुनमा उनको अघिल्ला सलुनमा जस्तै वातानुकुलित शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसँग सम्बन्धित सेवाहरु उपलब्ध छ। सबै सेवा अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइएको सलुनले जनाएको छ।

निल डेविड कसरि बने हेयर स्टाईलिस?
सन् १९९९मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेशन इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीबाट फेशन डिजाइनिङ कोर्ष लिएका उनले सिंगापुर घुम्न जाँदा नारी पुरुष समान भन्ने मान्यता अनुसार महिलाले पुरुष र पुरुषले महिलाको कपाल सजावट गरेको देखेपछि फेशन डिजाइनर बन्ने योजनलाई पर सारी दिल्ली पुगेर हेयर स्टायल कोर्ष गरेका थिए भने थाइल्याण्डको फुकेट कसमोबाट हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका थिए। हेयर स्टायलमै करियर बनाउने उद्येश्यले निलले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिष्ट टोनी एण्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एण्ड कलर कोर्षसमेत गरेका थिए भने ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए।

Neel-Davidनिल डेविडको किर्तिमान।
नेपालको पहिलो अन्तराष्ट्रिय मान्यताप्राप्त हेयर स्टाइलिष्ट निलले २००८ मा आँखामा पट्टी बाँधेर २५ मिनेटमा ५ विभिन्न हेयर कट गरी किर्तीमानसमेत कायम गरेका थिए।

निल डेविडको पहिलो हेयर एण्ड व्युटि सलुन कहाँ र कहिले ?
सम्बन्धित विषयमा विभिन्न कोर्ष गरेपछि निलले पहिलोपल्ट सन् २००६ मा सुन्धराको काठमाडौं मलमा निल डेभिड्स हेयर एण्ड व्युटि सलुन सञ्चालनमा ल्याएका थिए। त्यसपश्चात काठमाडौमा ३, विराटनगरमा १, झापामा १ गरी ५ सलुन तथा हेयर स्टाइलसम्बन्धि प्रशिक्षण दिने २ एकेडेमी ल्याईसकेका छन्। नेपालका शहरमा उनको हेयर स्टायलको चर्चा भएपछि भारतिय शहरमा समेत माग भएका कारण उनले भारतमा समेत ५ सलुन र १ एकेडेमी १ सञ्चालन गरिरहेका छन्।

नेपाल र भारतमा रहेका उनको हेयर एकेडेमीबाट प्रशिक्षीत हेयर स्टायलका विद्यार्थीहरुले नेपालका विभिन्न स्थानका साथमा भारत, लण्डन, अमेरिका, कतार, युएई, अष्ट्रेलियाका शहरहरुमा हेयर स्टायलसम्बन्धि सेवा दिईरहेका छन्।

निल डेविड ल्याय नेपालमा हेयर स्टाइलको क्षेत्रमा क्रान्ति
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका निलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन्। १४ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आफ्नो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका निलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको सलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउँदै विभिन्न स्थानमा स्तरिय सलुन स्थापनाको श्रेय पाएका छन्।

हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशलाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन्।

SUBSCRIBE 👉