आर्यनले गरे दोस्रो बिहे !


काठमाडौं । झण्डै दुई वर्ष अघि सपना भण्डारीलई श्रीमति बनाएका अभिनेता आर्यन सिग्देलले दोस्रो विवाह गरेका छन् । तर उनको दोस्रो विवाह चाहिँ वास्तविक होईन् । आगामी कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सुश्रीमा आर्यनले दोस्रो बिहे गरेका हुन् ।Aryan-Sushreeफिल्मको टेलरमा दर्शकले आर्यनले अभिनेत्री सुरविना कार्कीलाई विवाह गर्ने तयारी गरिरहँदा अर्की अभिनेत्री आशिका तामाङले आर्यनलाई भगाएको देख्न सकिन्छ ।

आशिका फिल्म्सको ब्यानरमा शिबम अधिकारी निर्देशित तथा आत्माराम थापा निर्मित चलचित्रमा आर्यन र आशिका मुख्य भूमिकामा छन् ।

SUBSCRIBE 👉