तक्मे बुढोको पहिलो निर्देशनमा ‘दशैँ तिहार’ भिडियो गीत – फोटो फिचर


चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई उर्फ तक्मे बुढोले अव म्युजिक भिडियोका निर्देशन तर्फ पनि आफ्नो हात अघि सरेका छन्। देशमा पेट्रोल डिजलको चरम अभावका विच उनले करिब ५० जनाको जम्बो टोलि लियर म्युजिक भिडियो छायाँकन गरेका छन्। वडा दशैँ तथा शुभ दिपावलीको गीतको छायाँकन गर्न सुटिंग स्थल पुगेका निर्देशक विल्सनलाई तव आपत पर्यो जव बिजुली बत्तीले समेत धोका दियो। पेट्रोलको जुगाडा गर्दै जेनेरेटर चलाएर उनले जसो तसो म्युजिक भिडियोको छायाँकन संम्पन गरे।

Wilson Bikram Rai Directed Music Videoतक्मे बुढोको हाँस्य अभिनय हेरेर मज्जा लिने स्थानीयहरु भने यो सुटिंगमा तक्मे बुढोको एक्सन / कट कमाण्ड देखेर रमाईलो मानिरहेका देखिन्थे।

magne budho comedy artist“लौ आयो दशैँ तिहार….” बोलको गीतमा विनोद गुरुङको स्वर, अगम गुरुङको शब्द र सरन गुरुङको संगीत रहेको छ। भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियोमा हाँस्यकलाकारहरुको संवाद समेत समेटिएको छ।

Nepali Artistम्युजिक भिडियोमा हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा), सुरेन्द्र केसी (मुलाको साग), किरण केसी (राता मकै), दिपक आचार्य, सलोन बस्नेत, संयम पुरी, गौरव पहारी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, मेनुका प्रधान, अनु शाह, करिश्मा श्रेष्ठ, संयुक्ता पुरीलगायतका कलाकारहरुले अभिनय गरेका छन्।

Garurav-Pahari-Photo तक्मे बुढाले इन्धन अभावका कारण भिडियो निर्माण गर्न कठिन र बजेट केहि बढेको बताउदै म्युजिक भिडियो निर्देशनमा पहिलो प्रयाश भएकाले विभिन्न समस्या र चुनौतिका बाबजुत भिडियो राम्रो बनाउन सक्दो कोसीस गरेको बताए।

Happy-Dashain-Photoहाँस्य विधामा चर्चित तक्मे बुढा निर्देशित पहिलो म्युजिक भिडियो कस्तो बन्ला ? कलाकारहरुको जम्बो टोलिलाई एउटै म्युजिक भिडियोमा प्रस्तुत गर्ने उनको कला कस्तो होला? भिडियो सार्बजनिक नहुन्जेल प्रतीक्षाको विषय बनेको छ।

SUBSCRIBE 👉