रनवे मोडलका प्रतिस्पर्धीले देखाए प्रतिभा


आगामी शुक्रबार (असोज २९ गते) राजधानीमा आयोजना हुने ‘रनवे मोडल २०१५’ का स्पर्धीहरुले ट्यालेन्ट उपाधिका लागि आ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अन्तिम प्रतियोगीतामा उत्रिने तयारीमा छन्।

runway modelराजधानीमा आयोजित ट्यालेण्ट शो सहभागी प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न बिधामा आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगीले बेष्ट फिगर उपाधिकालागी पनि प्रतिभा देखाए।

ट्यालेन्ट शोमा मोडल प्रवेश गिरी, फेसन कोरियोग्राफर सुजल जंग केसी, मिस राजधानी २०१५ बिजेता भुमिका खड्का र मिस्टर राजधानी २०१५ का विजेता पियुस कर्ण निर्णायक रहेका थिए।

SUBSCRIBE 👉