नेत्र गुरुङको पछिल्लो म्युजिक भिडियो – मनिसको माया एनीलाई


फिल्म निर्देशक तथा गायक नेत्र गुरुङको पछिल्लो गीत ‘मेरो माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ। मनिस केसी र एनी कुँवरलाई फिचरिंग गरिएको भिडियोलाई यूट्युब च्यानल ‘नेपाली टच’ले सार्बजनिक गरेको हो।

ani-kunwarपुर्णतया रोमान्टिक फ्लेभरमा बनेको यो गीतको भिडियोलाई दर्शकले रुचाउनेमा निर्देशक नेत्र गुरुङ ढुक्क छन्। भिडियोमा नेत्रले धेरै विधामा एक्लैले काम गरेका छन्। गीतको शब्द, संगीत र गायन आफैँले गरेका उनले भिडियो निर्देशन पनि आफैले गरेका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉