अनिस र मोनालिसा वने रनवे मोडल २०१५


अनिस तामाङ र मोनालिसा पराजुली पहिलो पटक आयोजित ‘रनवे मोडल २०१५’को विजेता बनेका छन्। प्रतियोगितामा तामाङले फोटोजेनिक र पराजुलीले मोष्ट इष्टाइलिस, मोडल डियुरिङ ट्रेनिङ सेसन उपाधि समेतहात पारे। बिजेता दुबैले शिर्ष उपाधिका साथमा नगद रु.पचास हजार,चलचित्र, म्युजिक भिडियोमा अभिनय अवसरकासाथै बिभिन्न गिफ्टहरु प्राप्त गरेका छन्।

runway model 2015रनवे नेपालले शुक्रबार साँझ एकै पेक्षालयमा पुरुष तथा महिलालाई उतारेको कार्यक्रममा पुरुष तर्फ प्रसान्त लिम्बु फष्टरनर अप र आसिस अन्सारी सेकेनड रनरअप घोषित हुँदा महिला तर्फ श्रृजना टमटा फष्ट रनरअप र कृती खरेल सेकेन्ड रनरअप चुनिए। श्रृजनाले मिस ट्यालेन्ट र कृतीले मिस पपुलर उपाधिका साथमा बिभिन्न उपहारहरु प्राप्त गरे।

कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित प्रतियोगितामा मुख्य अतिथी नेपाली काग्रेसका नेता कृष्ण प्रसाद सिटौला र बिशेष अतिथी इन्डियन आइडल तथा अभिनेता प्रसान्त तामाङ रहेका थिए । कार्यक्रममा प्रसान्त तामाङ, हाँस्य कलाकार किरण केसी, अभिनेता तथा रंग पत्रकार श्याम अर्याल, पत्रकार कुबेर गिरीलगायतलाई सम्मान समेत गरिएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रेश मरहठ्ठा, अभिनेत्री पुजना प्रधान , मिष्टर नेपाल आयुष्मान घिमिरे , अभिनेता अर्जुन कार्की, अभिनेत्री जानवी केसी, निर्माता निर्देशक अनिल संग्रौला समाज सेवी मोहन बस्नेतलगायत रहेका थिए।

‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’ आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन्। अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको प्रदान गरेको लामिछानेले बताइन्।

SUBSCRIBE 👉