स्पेन पुगेर राई इज किङ्गले भने “म त मर्छु कि क्या हो ठुली” – भिडियो सहित


गायक राजेश पायल राई, नेपाली सांगीतिक फाँटका चर्चित नाम जसले नेपाली पप, आधुनिक तथा नेपाली चलचित्र सबै विधामा थुप्रै चर्चित गीतहरु गाई सकेका छन्। स्वदेशका थुप्रै कार्यक्रमहरुमा उनले दर्शक नचाउन सफल छन्। उनका एक डाई हार्ट फ्यान भन्छन “राजेश पायल राइ जव स्टेज चढेरमा माईक समात्छन् तव उनको जादुमय अवाजमा डान्स नगरी वस्न सकिन्न।” राई इज किङ्ग गायकको स्वदेशमा मात्र होईन विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रमहरुमा समेत उत्तिकै डिमाण्ड छ।

Rajesh-Payal-Rai-Barcelona-2

यसै क्रममा, अक्टुबर २५ तारिकका दिनमा स्पेन, बार्सिलोनामा दशैँको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित लगायत अन्य गीतहरु गायर जोडदार प्रस्तुति दिएका छन्। सुवाष रानाभाटको संयोजन रहेको कार्यक्रममा उनले नाइँ नभन्नु ल, दिक्तेल बजार, दर्शन नमस्ते, म त मर्छु कि क्या हो ठुली, सागर सरि चोखो माया, फुलै फुलको मौसम तिमीलाई जस्ता दर्जनौ चर्चित गीतहरु गाय। उनको प्रस्तुतिमा उपस्थित बार्सिलोना निवासी हजारौ नेपाली दर्शकहरु ननाची बस्ने सकेनन। उनले उपस्थित सबै दर्शकहरुलाई दशैँ शुभकामना का साथै धन्यबाद दिए।

गायक राईले अक्टुबर ३१ तारिकका दिनमा डेनमार्कमा अर्को भब्य सांगीतिक प्रतुती दिदै छन्।

SUBSCRIBE 👉