म्युजिक भिडियो : महिला भेषमा देखिएका मोडल पल शाहले सम्झना राईलाई भगाए !


मोडल पल शाह र सम्झना राई अभिनित गायक रुकमान लिम्बुको नयाँ भिडियो गीत रिलिज भएको छ। युगल पोमोले निर्देशन गरेको भिडियोमा मोडल पल लाई महिला भेषमा देख्न सकिन्छ। महिला भेषमा देखिएका पलले आफ्ना प्रियसीलाई घरबाट भगाउँछन्। गीतमा बिशेषगरि लिम्बु रितिरिवाजलाई प्रस्तुत गरिएको छ। भिडियोमा पल र सम्झना सँगै ह्यारी तामाङको पनि अभिनय छ।

Paul Shah Samjhana Rai Music Video

पल शाह र सम्झना राई । फोटो सौजन्य : स्ट्रिटनेपाल डट कम

‘आकाशैमा हेर’ बोलको गीतमा रुकमानको स्वर रहेको छ भने भलाकाजी राईको सँगीत र शशी गुरुङको शब्द रहेको छ। भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन। गीतको अडियो / भिडियो गायक कै कम्पनी रुबुशा क्रियटिभस् बाट बजारमा आएको हो। यसअघि पनि थुप्रै लोकपप तथा आधुनिक गीतहरु उनको कम्पनि बाट सार्वजनिक भइसकेका छन।

SUBSCRIBE 👉