‘जाउ हिँड पोखरा’ ट्रेलर : रेखा थापा र जीवन लुइटेलको लभ, रोमान्स र एक्सन


नायिका रेखा थापा र जीवन लुइटेलको मुख्य अभिनय रहेको चलचित्र ‘जाउ हिँड पोखरा’ को ट्रेलर रिलिज गरिएको छ। चलचित्रलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन्। मंसिर ११ गते अल नेपाल रिलिज मिति तय गरेको चलचित्रमा रेखा र जीवनको अलवा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ।

Jiwan Luitel Rekha Thapa

Jiwan Luitel and Rekha Thapa | Jaun Hinda Pokhara Movie Trailer Screen Shot

कमेडी तथा एक्शनले भरिपुर्ण चलचित्रको सार्वजनिक ट्रेलरमा रेखा थापा र जिवन लुईटेलको लभ, रोमान्स र एक्सन युक्त दृश्यहरु देखाइएको छ। सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन्। चलचित्रमा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ। शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

SUBSCRIBE 👉