रोमान्टिक शैलीका गीत गाउन माहिर गायक सुमन, सेन्टिमेन्टल गीत लिएर आए (भिडियो सहित)


‘सोह्र वर्षे तिम्रो…’, ‘चञ्चले नानी चुल्बुले बानी…’ ‘कान्छीको लजाउने बानी…’, जस्ता रोमान्टिक गीतका सर्जक हुन्, सुमन शेखर मानन्धर। एक दशक अगाडीसम्म यी गीत सबैको मुखमा झुण्डिएको थियो। गीत हिट भएपछि सुमनको हाईहाई हुने भइ नै हाल्यो। रसिला गायकका रुपमा ख्याती कमाएका सुमन केही समययता ओझेलमा छन्। आठ वर्ष अगाडी सार्वजनिक भएको ‘मेरो देश नेपाल…’ पछि उनको स्वरमा सजिएको नयाँ गीत सुन्न पाइएको छैन। यति लामो ग्याप भएपछि नयाँ पुस्ताका दर्शक/श्रौतामाझ उनी अपरिचित थिए भने पुराना पुस्ता उनका गीत सुन्न आतुर। सायद यही अभाव पूर्तीका लागि सुमन नयाँ एल्बम लिएर उपस्थित भएका छन्। एल्बमको नाम ‘रंगीचङ्गी फूलहरु’ जुराइएको छ।

Benisha Hamal Diwash Upreti Actorsतर रमाइलो कुरा के छ भने जुन शैलीका गीतबाट सुमनले ख्याती कमाएका थिए, ‘रंगी चङ्गी फूलहरु ’मा समाविष्ट गीत ती भन्दा बिल्कुल भिन्न छन्। अर्थात रोमान्टीक गीत गाउन माहिर मानिएका सुमन गम्भीर र विछोडका गीततिर लहसिएका छन्। ‘उदास उदास…’बोलको गीतले यही प्रतिविम्बित गर्छ। कालीप्रसाद रिजालको शब्द र दीपक जंगमको संगीत रहेको यस गीतमा आफ्नो प्यारो मान्छे गुमाउनु पर्दाको पीडा पोखिएको छ। ग्याल्मर नेपालको यु ट्युब च्यानलबाट वर्ल्ड वाइड रिलिज गरिएको भिडीयोलाई सहेन्द्र श्रेष्ठले निर्देशन गरेको हुन् भने दिवश उप्रेती र वेनिषा हमालमाथि फिचरिङ गरिएको छ। सार्बजनिक भिडियो गीतमा काली प्रसाद रिजालको शब्द र दिपक जंगमको संगीत रहेको छ।

Suman Shekhar Manandhar Singerप्राय जसो कलाकार आफ्नो गायन शैली परिवर्तन गर्दैनन्। आफू हिट भएकै मार्कामा गीत गाउन रुचाउछन्। तर लामो समयपछि नयाँ गीत सार्वजनिक गर्दा पनि सुमनले आफ्नो परिचित गायन शैली परिवर्तन गरेका छन्। यो जोखिम किन त ? सुमन भन्छन्, “म आफूलाई भर्सटायल गायकको रुपमा चिनाउन चाहन्छु। त्यसैले रोमान्टिक शैली छोडी सेन्टिमेन्टल पछ्याएको हुँ।” पछिल्लो समय गीतमा स्तरियता घटेको र रातारात हिट हुने लोभमा कमसल गीतको लहर छाएको छ। त्यसले संगीतप्रतिको विश्वसनियता घट्ने चिन्ता बढेको छ। सुमनलाई पनि कमसल गीतको लहर चित्त बुझेको रहेनछ। त्यसैले आफूले सक्दो मिहनेत गरेर गुणस्तरिय गीत सार्वजनिक गरेको बताए। भन्छन्, “मैले मिठो र स्तरिय गीत दिने प्रयास गरेको छु।”

‘रंगीचङ्गी फूलहरु’मा सुमनका १० वटा पुुराना लोकप्रिय गीत पनि सुन्न पाइन्छ। साथै उर्दु गजल पनि समावेश गरिएको सुमनले जानकारी दिए। २४ वर्षमा पहिलो गीत रेकर्ड गरेका यी गायक आमा डाक्टर रत्नकुमारी मानन्धर र मामा चर्चित रेर्कडिस्ट दीप तुलाधारको प्रेरणामा संगीतमा आएका थिए। लोकप्रिय पनि भए तर बीचमा केही वर्ष मौन बसे। नयाँ गीतबाट उनका पुराना फ्यान पक्कै खुशी हुनेछन्। तर फेरि ‘मेरो देश नेपाल…’ पछिको जस्तै लामो समय कुर्नुपर्ने पो हो कि ? सुमन हाँस्दै भन्छन्, “यो चाहिँ रंगीचङ्गी फूलहरुबाट आउने प्रतिक्रियामा भर पर्छ। यद्यपी जे भए पनि संगीतबाट टाढा हुन्न।”

SUBSCRIBE 👉