लुटेराको प्रेसमीटमा नायक र नायिकाको रोचक दोहरी! (भिडियो सहित)


कात्तिक २५ गते (लक्ष्मी पुजा) वुधबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुटेरा’ फिल्म निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्‍यो। कार्यक्रममा फिल्मका मुख्य कलाकार निखिल उप्रेती, सविन श्रेष्ठ र निशा अधिकारी उपस्थित थिए।nisha adhikari nikhil upretiकार्यक्रममा आफ्नो भनाई राख्न उपस्थित भएका नायक उप्रेतीले नायिका निशा अधिकारीलाई ‘निशा भाई’ भनिदिए। निशाले कपाल काटेपछि उनले ‘भाई’ भनेका हुन्। निखिलले मजाक गर्दै निशालाई यस्तो उपनाम दिएका हुन्। तर निशाले ‘बाघ बुढो भएपनि स्याल बन्दैन, कपाल काट्दैमा केटी केटा हुँदैन’ भन्दै प्रतिकार गरिन्। निशा र निखिलको यो रोचक दोहारी तल भिडियोमा हेर्नुहोस्।

नायिका निशाले राम्रो टिमसँग काम गरेको भन्दै निर्देशक दयाराम पाण्डे, नायक निखिल र निर्माता गोपाल कायस्थको तारिफ गरिन। उनले आफूलाई सुरुमा छोटो कपालमा काम गर्न केही अप्ठ्यारो लागेपनि पछि स्क्रिनमा हेर्दा भने मनपरेको बताइन्।Nikhil Upreti Nisha Adhikariफिल्ममा निखिलको एक्सन अवतारलाई फोकस गरिएकोले पनि दर्शक हलसम्म तानिनेआशा गरिएको छ। चलचित्र ‘भैरव’बाट एकाएक उदाएका निखिलको यो चलचित्रमा पनि स्टारडमको निरन्तरता हुने विश्वास गरिएको छ।
भिडियो हेर्नुहोस्:

SUBSCRIBE 👉