अमेरिकामा बाबु छोरीको “कहिँ कतै” सार्बजनिक


अमेरिकाको न्युयोर्कस्थि कुइन्स प्यालेसमा हालै आयोजित एक भब्य कार्यक्रमका बिच गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह “कहिँ कतै” को विमोचन गरिएको छ। एलबमको प्रमुख अतिथी एवं नेपाली वाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराई, कार्यक्रमका सभापति लोकगायक नबिन ढुंगेल, अतिथि गायक यम बराल र नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले संयुक्त रुपमा विमोचन गरेका थिए।

rajendra and anjila raiकार्यक्रममा एलबममा संग्रहित “कहिले काहिँ मलाई पनि सम्झि देऊ है..”बोलको गीतको विषयमा गायक यम बरालले टिप्पणी गरेका थिए भने गायक राजेन्द्र राईको “भुल्यो कि तिमीले..” र छोरी एञ्जिला राईसँगैको स्वरमा रहेको “ड्याडी आई लभ यु..”बोलको गीतको म्युजिक भिडियो समेत प्रर्दशन गरिएको थियो।

बिमोचित एलबम “कहिँ कतै” मा उल्लेखित दुई गीतसँगै “ए माया.., आँखा भरी.., जाँदा जाँदै.., माया मेरी माया..”लगायतका दश गीत समावेस छन्। संग्रहमा गायक राइसंगै बिनोद खम्बु, शान्ति लामा र राजेन्द्र श्रेष्ठको शब्दमा बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राईको संगीत रहेको छ। एलबमलाई थ्रिजी साउण्डले प्रर्बद्धन गरेको छ।

गायक तथा संगीतकार राजेन्द्र राइको जन्म २०३३ सालमा दोर्पा -१ खोटांग दिक्तेलमा भएको हो,२०४९ साल बिराटनगरमा आयोजित बालगीत पतियोगितामा प्रथम भएपछि उनको सांगीतिक यात्राले औपचारिकता पायो,२०५५ र ५६ सालमा राष्ट्रिय नाचघरको संगीत छात्रबृत्ति र ४ वर्ष साधना कला केन्द्रमा सांगीतिक शिक्षा हासिल गरेका राइले २०५६ सालमा रेडियो नेपाल द्वारा आयोजित आधुनिक तथा लोकगीत दुवैतर्फ स्वर परिक्षा उतिर्ण गरिसकेका छन्। आधुनिक र लोकगीत गरि करिब ३० ओटा भन्दा धेरै गीत रेकर्ड गराईसकेका राइको पहिलो गीत “भुल्यौ कि तिमीले दिक्तेलको बजार डुलेको” हो भने पहिलो गीति एल्बमको रुपमा “मायालु” प्रकाशनमा आएको थियो। राइले सांगीतिक यात्रालाई निरन्तरता दिदै दोश्रो एल्बम स्वरुप सुमधुर आवाजकि धनि आफ्नी छोरी एन्जिलाको साथमा “कहींकतै” बजारमा ल्याएका हुन्।

SUBSCRIBE 👉