अशिष्माको रुप देखेर जोगी भए पागल (म्युजिक भिडियो)


गायक टंक बुढाथोकीको थारु गीत ‘ओए लब्ली तिम्रो’को नेपाली भर्सन बनेको छ। हालै सार्वजनिक भएको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मीले थारु मोडल नरेश जोगीसँग रोमान्स गरेकी छिन्। प्रकाश मिश्रको शब्द रहेको गीतमा टंक स्वयंले संगीत गरेका छन्। रुपेश उप्रेतीले भिडियो निर्देशन गरेको गीतमा अशिष्मा र नरेशले नाचेका छन्। भिडियोलाई रमाइलो ढंगले तयार पारिएको छ।
Actress Ashishma Nakarmi in tharu song

‘काली तिम्रो नजरैले’बोलको गीतबाट चर्चामा आएका गायक बुढाथोकीले गीतको थारु भर्सनबाट राम्रो प्रतिक्रिया मिलेपछि नेपाली भर्सन बनाएको बताए। यो भिडियोबाट आफुले मोडलिङमा फड्को मार्ने आशा राखेको मोडल जोगीले बताए। राजु केसीले खिचेको यो भिडियोलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्। भिडियो निर्देशनमा गोविन्द मुखियाले सहयोग गरेका छन्। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉