करिश्माको “फागु” मा शिल्पा सँग नव नायक सुबाश पराजुलीको ढ्यांन-टरयान


१२ बर्षपछि फिल्म निर्माणमा फर्किएकी अभिनेत्री करिश्मा मानन्धरको फिल्म “फागु”को ट्रेलर र एक गीत एकै पटक रिलिज गरिएको छ। छठ पर्वको अवसर पारेर फिल्मको ट्रेलर र एक गीत एकै पटक रिलिज गरिएको हो।
karishma manandhar fagu
सम्झना उप्रेती रौनियार निर्देशित फिल्ममा नायकका रुपमा नया अनुहार सुवाश पराजुलीले डेब्यु गरेका छन्। सुवाशको जोडीका रुपमा भने नायिका शिल्पा पोखरेल देखिएकी छिन। उनीहरुका साथमा राजेश हमाल, गौरी मल्ल, बसन्त भट्ट लगाएतले अभिनय गरेका छन्। फिल्म फागुन ७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।karishma manandhar phagu

सार्बजनिक गीत “दुई आँखा चार भो…” मा गायक प्रहाल्द तिमिल्सिना र मिना निरौलाको आवाज सुन्न सकिन्छ भने गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। कमल राईको कोरियोग्राफी रहेको गीतलाई दयाराम पाण्डेले लेखेका हुन्।

SUBSCRIBE 👉