सन्तानको समान स्याहार गर्नै जोडीको यौनजीवन समेत शुखमय


बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।

Happy Couple with Children

Image Source: kidnation.org

अमेरिकन सोसिओलोजिक एशोसियसनको एउटा भेलामा प्रस्तुत गरिएको सो अध्ययनमा ६० प्रतिशत भन्दा बढी चाइल्ड केयरको हिस्सा सम्हालेका महिलाको सन्र्दभमा उनीहरु असन्तुष्ट रहेको पाएको छ। घरबारको सामान्य नियम बनाउँदा वा एक अर्कालाई प्रशंसा गर्ने विषय वा यौनको मामिलामा उनीहरु असन्तुष्ट देखिए। जर्जिया स्टेट युनिर्भसिटीका सहायक प्राध्यापक तथा अध्ययन टोलीका नेता डेनियल कार्लसनले भने, ‘महिलाले बालबालिकाको लालन पोषण वा हेरचाह गर्दाखेरिको अवस्थामा दुबै जोडीको सम्बन्ध र यौनजीवनमा वास्तवमै समस्या आएको अध्ययनका क्रममा देखियो।’ जोडीको सम्बन्धमा कुनै नकरात्मक प्रभाव नहुने गरी वास्तवमा बाबुले बालबालिकाको हेरचाहको कर्तव्य वढी वा पूर्णरुपमा लिन सक्ने अध्ययनमा औंल्याइएको छ। बालबालिकालाई खुवाउने र नुहाइदिने धन्दामा कसको सहभागीता थियो भन्ने विषयलाई भने अध्ययनले नसमेटेको जनाइएको छ।

हेरचाहको समान उत्तरदायित्व बोकेका जोडीहरुको सम्बन्ध किन राम्रो भएको हो भन्ने विषयमा प्राज्ञहरुले थप अध्ययन गर्न लागेको बताइन्छ। ‘हेरचाहमा समान सहभागीता हुँदा कुन कुराले् जोडिलाई सकरात्मक बनायो भन्ने विषयमा हामीले अध्ययन गर्नेछौ,’ डा कार्लसनले भने। म्यानचेस्टरस्थित सांगठनिक मनोवैज्ञानिक तथा स्वास्थ्य स्कुलका विज्ञ प्राध्यापक सर कारी कुपरले नतिजाले केही महत्वपूर्ण कुराको खुलाासा गरेको तर आफ्नो उत्तरदायित्वलाई आदानप्रदान गर्ने जोडीको प्रकार बारे अझै बढी खुलासा गर्न बाँकी रहेको बताए।

‘बालबालिकालाई हेरचाह गर्दा खुसी हुने एउटा ‘नयाँ मानिस’ तपाईसँग छ भने जे भएपनि उसले सम्बन्धमा भने बढी नै लगानी गर्नेछ,’ उनले भने। बढी लचकदार भएर काम गर्न मानिसहरु स्विकारोक्ती जनाउन थालेको उनी बताउँछन्। त्यस्तै परिवारको जिम्मेवारी र घरेलु कामप्रति पनि पुरुषको ध्यान जान थालेको उनको कथन छ। ‘सामान्यतया त्यसो नगर्ने मानिसहरुमा बढ्दो रुपमा दबाब चुलिएको छ। प्रश्न यो हो कि यसले सम्बन्धमा केही असर पार्ला त ? मलाई लाग्छ यसले असर गर्नेछ,’ उनी भन्छन्। अध्ययनमा ४८७ जोडिलाई छानिएको थियो। त्यस्तै मध्यम स्तरको आय भएका आफूसँगै सन्तान राख्ने जोडीहरुलाई समावेश गरिएको थियो। अध्ययनमा समावेश गरिएका महिलाको उमेर ४५ वर्ष भन्दा तल रहेको थियो। अध्ययनका क्रममा ६ सय ५ जोडिको अन्तर्वार्ता लिइएको थियो। – एजेन्सी / स्वास्थ्य खबरपत्रिका

SUBSCRIBE 👉