क्यानडामा जीवन र वर्षा अभिनित फिल्म “काफल पाक्यो” को विशेष सो


Jiwan Luitel barsha raut kafal pakyoनायक जीवन लुइँटेल र नायिका वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म “काफल पाक्यो” को पहिलो बिशेष सो क्यानाडामा हुने भएको छ। नव निर्देशक सावित्री केसी निर्देशित फिल्ममा जीवन लुइँटेललाई अन्य फिल्ममा भाडा फरक गेट-अप अनि फरक भूमिकामा प्रस्तुत गरिएको छ। फिल्मको सार्बजनिक ट्रेलर हेर्दा फिल्ममा नायक जीवन लुइँटेललाई कमेडी पात्रका रुपमा प्रस्तुत गरिएको छ।
ट्रेलर हेर्नुहोस्

फिल्मको पहिलो विशेष प्रदर्शन क्यानेडाको क्याल्गोरी स्टेटमा आगामी नोभेम्बर २९ मा हुने भएको छ। जीवन लुंटेल अभिनित यस फिल्म नेपालमा आगामी भने माघ १ गते हुँदै छ। फिल्मको विशेष सो बाट उठेको केहि रकम भूकम्प पिडित बालबालिहरुको सहयोगमा लगाउने निर्देशक सावित्री खत्रीले बताएकि छिन।

क्यानडाको विशेष २ सो मा नायक जीवन लुंटेल आफै पनि जाने बताईएको छ। त्यस पछी फिल्मको क्रमै संग डिसेम्बर पहिलो हप्ता मलेसियामा २ सो र दोश्रो हप्तामा सिंगापुरमा २ सो हुने बताईएको छ।
फिल्मको भिडियो गीत हेर्नुहोस्

रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो चलचित्रमा जीवन संगै नयाँ कलाकार बर्षा राउतले पनि साथ दिएकी छिन्। साथमा चलचित्रमा लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राइको मुख्य भूमिका रहेको छ।

विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन रहेको यस चलचित्रमा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ भने लक्ष्मी केसी यो चलचित्रकी कार्यकारी निर्माता हुन्।

SUBSCRIBE 👉