रुन्चे प्रकाशको साउती गीत (डिजे मिक्स भर्सन)को भिडियो तयार हुँदै [फोटो फिचर]


prakash poudel music video“नाइँ मलाई त्यहि केटि चाहिन्छ” भन्दै एक समय तहल्का पिटेका गायक प्रकाश पौडेलको केहि समय अघि मात्र ‘भोलि छुट्टि’ बोलको गीतको भिडियो सार्बजनिक भएको थियो। निर्देशक भुषण दाहालको निर्देशनमा तयार भएको भिडियोले राम्रै चर्चा कमायो।

prakash poudel music videoयो पटक भने गायक पौडेलले आफ्नो पुरानो गीत ‘ए यता सुनन’लाई डिजे मिक्स भर्सनमा रेकर्ड गराएका छन्, जुन गीतको भिडियोको हालै छायाँकन  समेत सकिएको छ। भिडियोलाई निर्देशक शहेन्द्र श्रेष्ठको निर्देशनमा हरि हुमागाईंले छायांकन गरेका हुन्। गीतलाई टाइम्स क्लवमा छायांकन गरिएको हो।

prakash poudel music videoहाल सम्पादन हुँदै गरेको म्युजिक भिडियोमा गायक पौडेल संगै मनिषा गुरुङ को अभिनय हेर्न सकिन्छ। पौडेलको दोश्रो एल्बममा शमबेश गरिएको ‘ए यता सुनन’ सम्भवत नेपालकै पहिलो व्हिसपर गीत (साउती  मारेर गाईएको गीत) हो।  पौडेलको यो नयाँ म्युजिक भिडियो चाडै नै टेलिभिजन र यु ट्युव मार्फत रिलिज गरिने भएको छ।

prakash poudel music video

SUBSCRIBE 👉