फिल्म ‘झोला’ अनधिकृत रुपमा यु ट्युबमा अपलोड गर्ने विरुद्ध पाँच करोड क्षतिपुर्तीको माग


नेपाली चलचित्र ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण पक्षले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख उपर प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ। ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले प्रतिलिपी अधिकार हनन मुद्धा अन्तर्गत उक्त कम्पनी र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएका हुन्। उजुरीसँगै पाँच करोडको क्षतीपुर्ती समेत माग गरिएको छ।

nepali movie jholaमाउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख रहेका चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको हो। उक्त कम्पनीलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिइएको फाइल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउनु परेको झोला टीमको दावी छ।

आइतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनी भारतको नयाँदिल्लीमा रहेकोले कब्जामा लिन सकेन। उक्त कम्पनीकै अफिसबाट पाईरेसी भएको र त्यहाँकै कम्प्युटरबाट युट्युवमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउण्टेन रिभर फिल्मस् प्रालीको अफिसको सबै सामान भने नियन्त्रणमा लिएको छ।

पहिलो प्रदर्शनबाट राम्रो लगानी उठाएको चलचित्र आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो। भारतीय च्यानलमा फिल्म प्रशारणको लागी मुम्वइस्थित सेन्सर वोर्डमा प्रक्रिया अघी बढ्दै गरेको तथा अमेरिका, युके, बर्मा लगायतका विभिन्न देशमा प्रदर्शनको लागी सम्झौता हुँदैगर्दा पाईरेसी भएपछि यो प्रकारको कामलाई जघन्य अपराध ठहर गर्दै यसविरुद्ध उत्रिएको निर्देशक भट्टराईले बताए।

फिल्म पहिलोपटक युट्युवमा आएसँगै अन्य च्यानलहरुले समेत डाउनलोड गर्दै अपलोड गरेपछि ४० बढी च्यानलबाट युट्युवमा आएको थियो। सय बर्ष पुरानो नेपाली समाजको यथार्थता सतिप्रथाको विषयमा बनेको यो फिल्मले रिलिजको क्रममा दर्शकको राम्रो साथ पाएको थियो।

फिल्म पहिलो प्रदर्शनीमा हेर्न नपाएको धेरै दर्शकको गुनासोपछि पुनः रिलिजको लागी निर्माण टिम जुटिरहेको अबस्थामा यो घटना उत्पन्न भएको हो। नेपाली समाजको इतिहाँस बोकेको यो फिल्मलाई कहिल्यै पनि भिसीडी र युट्युवमा नल्याउने जनाइएको थियो।

हेर्नुहोस् यसरि बनेको थियो “झोला”

SUBSCRIBE 👉