मंसिर १८ देखि पुजना प्रधानको “चकलेट”


मंसिर १८ शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘चकलेट’ निर्माण युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।

nepali movie chocolate

nepali movie chocolate | Dr, Ayushman Ghimire, Actress Pujana Pradhan and Director Nirmal Sharma

निर्देशन हास्य कलाकार निर्मल शर्मा निर्देशित फिल्म ‘चकलेट’लाई अभिनेत्री पुजना प्रधानले निर्माण गरेकी हुन्। पत्रकार सम्मेलनमा निर्देशक शर्माले सडक बालबालिकाको कथावस्तुमा सरल तरिकाले फिल्म निर्माण गरिएको बताए। फिल्मको प्रदर्शनबाट संकलन भएको रकमले काठमाडौंमा अनाथ बालबालिकाका लागि एउटा भवन तथा ५० जना विद्यार्थी अध्ययन गर्न सक्ने एउटा विद्यालय बनाउने योजना रहेको अभिनेत्री पुजना प्रधानले बताइन।

उक्त भवन तथा विद्यालय निर्माणका लागि फिल्मका भिनेता डा.आयुष्मान घिमिरेले आफ्नो संस्थाको तर्फबाट नगद २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे। डेभ्लप्मेन्ट बैंकले पनि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गर्‍यो। हास्य अभिनेता दीपकराज गिरी तथा अभिनेत्री दीपाश्री निरौला, कलाकार केशव भट्टराईसहितले ‘चकलेट’ को सफलताको शुभकामना दिए।

SUBSCRIBE 👉