करिष्माको ‘फागु’मा शिल्पाको एक्सन, रिलिज भयो ट्रेलर र गीतहरु


सदाबहार नायिका करिश्मा मानन्धरले निर्मँण गरेको फिल्म ‘फागु’को प्रचारात्मक सामग्री सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहमा फिल्मको गीत, ट्रेलर र पोष्टर रिलिज गरिएको हो। ट्रेलरमा शिल्पाको एक्सनलाई महत्व दिइएको छ। सम्झना उप्रेती रौनियारले निर्देशन गरेको यो फिल्म ७ फागुनमा देशभर प्रर्दशन हु“दैछ । कार्यक्रममा निर्देशक, निर्मँता तथा मुख्य कलाकारहरु उपस्थित भएका थिए।

shilpa pokhrel karishma manandharकार्यक्रममा निर्देशक सम्झनाले आफूले सक्दो राम्रो फिल्म बनाउने प्रयास गरेकोले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। फिल्मले खुला सिमानाको कारण तराईको एक परिवारमा परेको प्रभावको कथा पेश गरेको छ। उनले यसअगाडी म्युजिक लभस्टोरी ‘मेघा’ निर्देशन गरेकी थिइन्। त्यस्तै, नामजस्तै फिल्म पनि रंगहरूको समिश्रण भएको जानकारी लिइन्। करिष्मा डेढ दशकपछि निर्माणमा फर्किएकाले ‘फागु’लाई महत्वका साथ हेरिएको छ।

फागु सूर्य आर्ट प्रालि र द स्काई मुभिजको संयुक्त ब्यानरमा भएको हो ‘फागु’। जसमा राजेश हमाल, शिल्पा पोखरेल, गौरी मल्ल, टीका पहाडी, वसन्त भट्ट, प्रमोद अग्रहरि, विष्णु सापकोटालगाएतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ। यही फिल्ममार्फत सुवास पराजुली सिने यात्रा थालनी गर्दैछन्। शिल्पाको भने छविराज ओझा ब्यानरबाट बाहिरको पहिलो फिल्म हुनेछ ‘फागु’। फिल्ममा कमल राईको नृत्य, वसन्त सापकोटाको संगीत, दयाराम पाण्डेको गीत, हिमाल केसीको द्वन्द्व, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको यस फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन्। पोष्ट प्रोडक्सनको काम सकिए पनि रिलिज डेट नपाएकाले ‘फागु’ फागुनमा पुगेको हो।

फागुको विषयमा निर्देशक सम्झना, निर्मात्री करिष्मा, हिरोइन शिल्पा र नवनायक सुवास यसो भन्छन्, भिडियो हेर्नुहोस्।

फिल्म फागुको ट्रेलर र गीतहरु हेर्नुहोस्

# फागु अफिसियल ट्रेलर
# दुई आँखा चार भो.… गीत
# आउ न आउ खेलौँ होली.… गीत
# सिन्दुरी सिन्दुरी रङ .… गीत

SUBSCRIBE 👉