‘सेतो बाघ’मा जंगबहादुर बने बिएस राणा


nepali-movie-seto-bagh-artist-photo-7ग्ल्यामर नेपाल, काठमाडौं । ऐतिहासिक फिल्म ‘सेतो बाघ’ मा अभिनेता विएस राणाको प्रवेश भएको छ। उनलाई चलचित्रमा जंगबहादुरको भूमिकामा देख्न पाइने भएको छ। चलचित्रको मुर्हतको समयमा शाहले नयाँ कलाकार लिएरमात्र यसपटक काम गर्ने उद्घोष गरेका थिए। तर आफुले उदेघोष गरेको केही समय उनले पुराना कलाकार आफ्नो प्रोजेटमा धमाधम राख्न थालेका छन्। फिल्मको ३० प्रतिशत छायाकंन सकिएपछि राणाको प्रवेश भएको हो।
जंगबहादरको चरित्र राम्रोसँग निर्वाह गर्न सक्ने देखेर राणालाई लिइएको निर्देशक शाहको भनाई छ। चलचित्रमा अन्य दुई पुराना अनुहार लिने समेत तयारी भइरहेको उनले खुलाए। केहीदिन अगाडी अर्का पुराना कलाकार राजाराम पौडेललाई चलचित्रमा प्रवेश गराएका थिए।

शाहको पहिलो चलचित्र वासुदेवमा एक सिन गरेर उनीसँगको अभिनयात्रा सुरु गरेका राजारामले ‘वसन्ती’ चलचित्र अभिनय समयमा शाहको मन जितेका थिए। त्यस पश्चात ‘मसान’ चलचित्र खेल्ने कुरा चलिरहदा उनी मलेसिया भ्रमणमा निस्कदा उनको क्यारेक्टर नै सो चलचित्रबाट निकालिएको थियो। राणा र शाहको चलचित्र प्रबेशले चलचित्र भब्य बन्ने निर्माण पक्षको अनुमान छ।

एउटै कथामा ‘सेतोबाघ’मा मेघा सिरियलका साथसाथै चलचित्र समेत बनाउन निर्देशक शाह अहिले धमाधम छायांकनमा जुटिरहेका छन्। फिल्मको आज केशरमहलमा छायाँकन गरिएको थियो।

‘सेतोबाघ’ छायाँकन का दृश्यहरु हेर्नुहोस

थप फोटोहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोस
Movie “SETO BAGH” Shooting Images

SUBSCRIBE 👉