एस्तो भयो – छैठौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७२


विन्ध्यवासिनी फाउण्डेसनद्धारा शुक्रबार राजधानीमा आयोजित छैठौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७२ भव्यताका साथ आयोजना भएको छ। लोक गायक बद्री पंगेनीको स्वाधिनतासम्बन्धी समसामयिक गीतबाट शुरु भएको कार्यक्रममा डब्बु क्षेत्रीको साउनको भेलजस्तो बोलको गीत सर्वोत्कृष्ट गीतका रुपमा विजयी भए।

bindabashini music award 2072सुगम संगीत तर्फ युवराज चौलागाईंको हरेक शव्द बोलको गीतबाट सर्वोत्कृष्ट गायक, श्रेयसी चेम्जोङ म तिम्रो हुँला नहुँलाबाट गायिकाको सहित पब्लिक च्वाईस अवार्ड, सोही गीतबाट राजकुमार बगर संगीतकार, डा. कृष्णहरी बराल हेर्ने हजार आँखाबाट गीतकार र श्रद्धा अधिकारी धेरैलाई बाँड्दा नपुग्ला मायाबाट महिला गीतकारका रुपमा विजयी भएका छन्। सुगम सँगीतमै विनोद बन्जराको बन्जरा नामक एलबम सर्वोत्कृष्ट एलबम ठहरिएको छ। जुगल डंगोल साउनको भेलजस्तो गीतबाट सर्वोत्कृष्ट संगीत संयोजकका रुपमा विजयी भए।

सुगम संगीत तर्फ को म्युजिक भिडियोमा सुरज श्रेष्ठले आफ्नै जिन्दगीको बोलको गीतमाथि बनेको भिडियोबाट अवार्ड पाए भने यही गीतबाट प्रविण श्रेष्ठले भिडियो सम्पादकको अवार्ड उचाले। राजेश घिमिरेले धुजा धुजाबाट छायाँकारको अवार्डलाई आप्mनो बनाएका थिए।

पप संगीत तर्फ बादल प्रसाईं फुलको हत्या गीतबाट गायक, सोही गीतबाट सुगम पोखरेल संगीतकार, आकांक्षा बस्याल सोर श्रृंगारबाट गायिका, फुलको हत्याका लागि पुरस्कृत भए। उता युगल गायन तर्फ तिम्रो आंखाको भाकाबाट सुरज कुमार थापा र निकिता थापाले यस वर्षको विन्ध्यवासिनी अवार्ड जिते।

लोकदोहोरी गीतमा बद्री पंगेनी रातो पछ्यौरीबाट गायक, कला पंगेनी गुन्द्री तानेरबाट गायिका, कमल सरगम आत्महत्यबाट संगीतकार, एकनारायण भण्डारी रातो पछ्यौरीबाट रचनाकार, हरी डगी मैले जति तिमीलाई मायाबाट निर्माता, गरीमा पन्त र बिमल अधिकारी मलाई दुख्दा दुख्ने मुटुबाट लोक दोहोरी म्युजिक भिडियो मोडल र कपिल लामा कसको सिन्दुर पर्ने होको म्युजिक भिडियोबाट निर्देशक विधाको विजेता भए।

पाश्र्व संगीत तर्फ रामचन्द्र काफ्लेको मात लाग्योबाट गायक, सोही गीतबाट चेतन सापकोटा संगीतकार, जुनु रिजाल तिमी गीत हौ किबाट गायिकाको रुपमा विजयी भईरहँदा राष्ट्रिय भावनाले ओतप्रोत गीततर्पm रोशन भट्टराई बिहानी घामलेबाट गीतकारको अवार्ड जिते।

कुल ३१ विधामा प्रदान गरिएको अवार्ड समारोहमा राजेश्वर तण्डुकार ‘दुई थोपा आंशु’ उत्कृस्ट रेकर्डिष्ट भए भने लोक तथा दोहोरी गीत तर्फ अमृत खाती ‘मुलको पानीले’ बाट नव प्रतिभा, यो विधाको म्युजिक भिडियो तर्फ विजय थापा र रश्मी तामाङ मुलको पानीले बाटै मोडलका रुपमा विजयी भए।

त्यसै गरी थियो मेरो पहिलो माया बोलको गीतबाट गंगाधर पराजुली पप तथा आधुनिक गीत तर्फ नव प्रतिभाका रुपमा विजयी भएको अवार्ड समारोहमा यस वर्ष एसियन म्युजिक प्रालि सर्वोत्कृष्ट म्युजिक कम्पनी ठहरिएको छ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आायोजित समारोहमा यस वर्षको बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७२ बाट ५१ हजार १ शय ५१ रुपियाँ नगदसहित ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई सम्मानित गरिएको छ। त्यसै गरी यस वर्षको बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७२ बाट २५ हजार ५ शय २५ रुपियाँसहित कान्तिपुर साप्ताहिकका पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरिएको छ भन बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२ बाट १५ हजार ५ शय १५ रुपियाँसहित गायक राजेश पायल राईलाई सम्मानित गरिएको छ। यसै अवसरमा बाल्य उमेरमा चलचित्रको निर्देशन गरी विश्व रेकर्ड कायम गरेवापत १० हजार १ रुपियाँसहित सौगात बिस्टलाई विशेष सम्मान गरिएको छ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै भूकम्प र नाकाबन्दीबाट प्रभावित नेपाल सँगीत क्षेत्रले विस्तारै आकार लिने विश्वास ब्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न गायक गायिका र कलाकारले गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। राष्ट्रियताको मनमोहक थिममा सम्पन्न कार्यक्रममा बद्री पंगेनी, राजेश पायाल राई र प्रमोद खरेलले गीत संगीत प्रस्तुत गरेका थिए भने विजय थापाको समूह, अजय अधिकारीको समूह र कविता बानियाँले नृत्य प्रस्तुत गरेका थिए।

SUBSCRIBE 👉