चलचित्र ‘फन्को’को फोटो स्ट्याचु प्रचार शैली


माघ १ गतेबाट नेपाल भर एकैसाथ रिलिज हुने चलचित्र फन्को निर्माण युनिटले चलचित्रमा समाबेश “ठुन्ग्दे” बोलको गितलाई फोकस गर्दै प्रचार प्रसार तिब्र पार्दै नयॉ शैली अपनाएको छ। निर्माता नरेन्द्र महर्जनले चलचित्र फन्को फोटो स्ट्याचु बनाएर फोटो खिच्ने अनि सामाजीक संजालमा पोस्ट गर्ने अभियानलाई तिब्रत्रा दिएको छ। निर्माता महर्जनले आफनो फेशबुक समेत उक्त फोटो स्ट्याचुमा फोटो खिचेर फेसबुकमा पोस्ट गरेका छन्।

nepali movie fanko publicityयो अभियानलाई बिभिन्न चलचित्रकर्मीहरुले पनि साथ दिईरहेका छन। चलचित्रका संगीतकार चेतन सापकोटाले पनि स्ट्याचुमा फोटो खिचाएर फेसबुक बालमा यस्ता तस्बीरहरु पोष्ट गरेका छन्। सापकोटाले ठुग्दे बोलको गितमा संगित संगै गायिका रेष्मा सुनुवार संग मिलेर आफै गाएका छन। हाल चर्चामा रहेको यो गीत राजेन्द्र थापाले लेखेका हुन। गीततकार थापाले पनि स्ट्याचुमा फोटो खिच्ने अभियानमा साथ दिएका छन।

यो अभियानमा चलचित्रकी गायिका रेष्मा सुनुवारले पनि आफनो फेसबुक वालमा फन्कोले ल्याएको स्ट्याचु अभियानमा तस्बीर खिचाउदै फन्कोको प्रचारमा साथ दिएकी छिन। पुर्ब चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी,निर्माता केशब भट्टराई,लगाएतका बिभिन्न चलचित्रकर्मी, संचारकर्मी एबं दर्शकहरुले पनि यो अभियानमा साथ दिएका छन।

चलचित्रले आरम्भ गरेको यो अभियानलाई देशका प्रमुख शहरका सिनेमाहलहरुमा स्ट्याचु राखने र दर्शकहरुलाई फोटो खिचाएर फेसबुक वालमा राख्न अनुरोध गर्ने कार्य भैसकेको निर्माता महर्जनले बताए। काठमान्डौका बिभिन्न सिनेमाघरहरु,पोखरा,नारायणघाट,हेटौडा बुटुवल,बिर्तामोड लगाएतका ठाउहरुमा गरीन लागेको महर्जनले बताए। यस्ता अभियानमा सरिक भएर चलचित्रकमी ,दर्शक्हरु र संचारकर्मीहरुले दिएको साथलाई धन्यबाद भन्दै यस्तो साथले आफुहरुलाई चलचित्र निर्माण गर्न अझ हौसला बढने महर्जनले बताए।

SUBSCRIBE 👉