८ सय १६ भूकम्प पिडीत परिवारलाई धुर्मुस-सुन्तलीले बाँडे ब्ल्याङ्केट


धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविस का भूकम्प पिडीतलाई न्यानो ब्ल्याङ्केट दिएका छन्। अत्यधिक चिसोका कारण भूकम्प पिडीतको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन्। धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका (NST)ले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो।

dhurmush suntaliचिसो बढेर भूकम्प पिडीतको बिचल्ली भएपछि न्यानो प्रदानगर्न २०लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको (NST) ले जनाएको छ। भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यानलिनथालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिनपहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन्। सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानीसलाई भएपनि चिसोबाट बचाउन आफुहरुले सहयोगकालागि सकेको पहल गरेको उनको भनाई छ।एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाएका छन्।

dhurmush suntaliयस अघि धुर्मुस सुन्तलीआँफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए। टहरामा बसीरहेका भूकम्प पिडीतलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदानगर्न यस्तो पहल गरेको कुञ्जना घिमीरे (सुन्तली)ले बताएकी छिन्। दिनमा जाडोबाट जसो तसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छिन्।

NST का नेपाल संयोजकमधु सुुधनउपाध्यायले भूकम्प पिडीतका लागिपारदर्शी कामगर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताएका छन्। धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी कामगरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ।आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस सुन्तलीले सहयोगकालागि देश,विदेशमा रहेका नेपालीसँगपहल गरीरहेका छन्। प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर धुर्मुस सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन्।

dhurmush suntaliएक जोडी कलाकारले सिङ्गो गाविसबासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीयजीतबहादुर तामाङले बताएका छन्। चिसोका कारण निकै समस्याभइरहेको समयमापनि सरकारबाट कुनै सहयोग नपाएको समयमाआफ्नो लागिधुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीयपुतली मगरले खुशि बाँडीन्। रात कटाउन मुस्किल परिरहेको समयमाधुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानो सँग सुत्ने भन्दै बराम्चीबासीले खुशिव्यक्त गरेका छन्।

SUBSCRIBE 👉