सौराहमा महिमा र असोकको रोमान्चक भिडियो


म्युजिक भिडियो हुँदै चलचित्र अभिनयमा प्रवेश गरेका थुप्रै अभिनेत्री छन् नेपाली कलाक्षेत्रमा। कतिपय अभिनेत्रीले त म्युजिक भिडियो र चलचित्र एकसाथ अगाडी बढाइरहेका पनि छन्। ति मध्यकी एक हुन् महिमा सिलवाल। चलचित्र अभिनयबाट कलाक्षेत्रमा प्रवेश गरेकी महिमाले करिब आधादर्जन माथीका चलचित्र अभिनय गरिसकेकी छन् भने उनका थुप्रै भिडियो सार्वजनिक भएका छन्।

mahima silwalउनको अभिनय रहेको पछिल्लो चलचित्र ‘नो स्मोकिङ’ र ‘सुब्बा साहेब’ प्रदर्शन पर्खाइमा छ भने उनको अभिनय रहेको म्युजिक भिडियो पनि एकपछि अर्काे गर्दै सार्वजनिक भइरहेका छन्। चलचित्र र म्युजिक भिडियो दुबैमा देखिने यी अभिनेत्री महिमा सौराहमा पनि म्युजिक भिडियो छायाँकन क्रममा भेटिइन्।

सौरहाको रमणिय बाताबरणमा दिनभर उनले ‘बरु यो ज्यानको बाजी लगाउछु …’ गीत माथी निर्माण हुँदै गरेको भिडियोमा अभिनय गरिन्। गायिका दुर्गा खरेलको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको गितको भिडियो उतार्ने काम भने निर्देशक रत्न जोशीले गरे। गितमा महिमालाई पुरुष मोडलका रुपमा असोक भट्टराईले साथ दिएका थिए। असोक पछिल्लो समय म्युजिक भिडियो तथा छोटा चलचित्रमा निकै देखिने गरेका छन्।

असोक र महिमाको रोमान्स म्युजिक भिडियोमा आफुले आकर्षक तवरले उतारेको निर्देशक जोसीले बताए। सेन्टीमेन्टल शैलीको गितलाई आफुले रोमान्स र सेन्टीमेन्टल दुबै बिसाएर भिडियोमा उतारेको जोसीले खुलाए। रत्न जोशीको निर्देशनमा आफुलाई काम गर्न सहज हुने भएकोले पनि उनको निर्देशनको म्युजिक भिडियो आफुले अभिनय गर्ने गरेको अभिनेत्री महिमाले सुनाइन्।

दुई भिडियो निर्माणको योजना सहित १० जानको टोली लिएर सौराह पुगेका निर्देशक जोसीले लगातार छायांकन गरेर अर्काे एक गीत ‘मोती जस्तो आसु मेरो..’को भिडियो समेत छायाँकन सकाए। बसन्त सापकोटाको संगीत र अञ्जु पन्तको स्वर रहेको उक्त गितमा असोक भट्टराई र सरला थापाको अभिनय समेटिएको छ। उक्त भिडियो बुढासुब्बा म्युजिकले निर्माण गरेको हो।

SUBSCRIBE 👉