चलचित्र ‘प्रेम गीत’को स्याड गीत ‘म त अलपत्रै पर्छु’ – भिडियो


प्रेम दिवसको अवसरमा प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम गीत’को स्याड भिडियो गीत सार्वजनिक भएको छ। चलचित्रको टाइटल गीत ‘म यस्तो गीत गाउँछु’ ले चर्चा पाइरहेको बेला चलचित्रको स्याड गीत ‘म त अलपत्रै पर्छु’ सार्वजनिक गरिएको हो। स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्दहरु डा. कृष्णहरि बरालले लेखेका हुन्। अजुर्न पोख्रेलको संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुजा शर्मा र प्रदिप खड्काले अभिनय गरेका छन्।

puja sharma prem geetगीतमा बिछोड पछिको सम्झना देखाउन खोजिएको छ। मायालाई आफ्नो जिबन सम्झेर बाच्ने जोडीहरु बिछोड जीवनलाई अधुरो ठान्छ। मायालु बिना आफुलाई अलपत्र सम्झन्छ। यस्तै यस्तै भावना यो गीतले प्रस्तुत गरेको छ।

सुर्दशन थापाको निर्देशनमा तयारमा भएको प्रेम गीतलाई सन्तोष सेनले निर्माण गरेका हुन्। चलचित्रको शिर्ष गीत म यस्तो गीत गाउँछु गीत जस्तै दोश्रो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ।
हेर्नुहोस् भिडियो

SUBSCRIBE 👉