पार्वती राईको यस्ती छिन् तिन दिदि बहिनी – भिडियो


गीत संगीतले सानो बालक देखि बृद्दको मन भुलाउने गर्छ मानिसलाइ जब खुसीको पल होस् वा दुखको बेला आफ्नो मुड अनुसार मान्छेले गीत संगीत सुनेर आफु लाइ भुलाउने गर्दछ नेपालीहरु कला पारखी छन्। नेपालमा बस्दा मात्रै होइन बाध्यताले विदेश बस्दा पनि गीत संगीतको मोह छाड्न सक्दैन लामो समय देखि अस्ट्रेलिया बस्दै आयका गायक अबुन पाण्डे र गायिका टिका दाहालको स्वरमा रहेको तिन दिदि बहिनि बोलको गीत सार्बजनिक भएको छ।

parbati raiभिडियो शेयरिंग संजाल यु ट्युब मार्फत सार्बजनिक भिडियोलाइ पी.एन.पी.मिडियाले निर्माण गरेको हो गायिका टिका दाहाल लय र गायक अबुन पाण्डेको शब्द रहेको गीत लाइ पवन लामाले संगीत संयोजन गरेका छन्।

बब्बु थापाले निर्देशन गरेको भिडियोमा अहिलेकी ब्यस्त मोडल पार्वती राईको साथमा सुनिल,सुमन र लक्कीको अभिनय रहेको छ। भिडियो लाइ दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् भिडियो लाइ अहिलेको डिजिटल प्रविधिमा सके सम्म गुणस्तरीय बनाउने प्रयास गरियको छ।

SUBSCRIBE 👉