भुवन केसी निर्देशित अनमोल केसीको “ड्रिम्स” ट्रेलर


अनमोल केसी अभिनित फिल्म “ड्रिम्स” को ट्रेलर र एक गीत राजधानीमा एक कार्यक्रमका संचारकर्मीहरुका बीच सार्बजनिक गरिएको छ। फिल्मलाई भुवन केसीले निर्माण तथा निर्देशन गरेका हुन्। ३ दशक अभिनय यात्रामा निरन्तर लागेका भुवनको निर्देशकका रुपमा यो पहिलो फिल्म हो। यसअघि फिल्महरु करोड पति, नेपाली बाबु, सुपर स्टार, तिमि बिना मरिहाल्छु, र साथी मा तिम्रो निर्माण गरि सकेका भुवन नेपाली फिल्मी बजारमा सफल निर्माताका रुपमा चिनिन्छन।

Anmol kc

Samragyee RL Shah and Anmol KC – DREAMS | Photo: Maheswor Man Singh / Glamour Nepal

फिल्ममा अनमोल र सम्रागि राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ। यसै फिल्म बाट साम्रागीले नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्दै छिन।युवा जोडीहरुको प्रेमकथा कथामा आधारित फिल्म ड्रिम्सले आफ्नो प्रेमलाई सफल बनाउन प्रेमी जोडीहरुले देख्ने सपना र भोग्नु पर्ने बाधा अड्चन बताउने छ।

Anmol kc

Samragyee RL Shah, Bhuwan KC and Anmol KC – DREAMS | Photo: Maheswor Man Singh / Glamour Nepal

दिवाकर भट्टराईको सह–निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्। फिल्ममा हर्कुलस वस्नेतको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधान तथा सञ्जय लामाले छायांकन गरेका हुन्। फागुन २१ गतेदेखि प्रदर्शन मा आउनेफिल्मलाई पोखरा, मुस्ताङ तथा काठमाडौं आसपास छायाँकन गरिएको छ।

SUBSCRIBE 👉