धुर्मुस सुन्तली डट कम


हाँस्य कलाकार लोकप्रीय जोडी हो, धुर्मुस सुन्तली। हाँस्य टेलिश्रृंखला मेरी बास्यैमाजोडीको रुपमा देखिएकासितराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) वास्तवीकजीवनको पनिजोडी बने, एउटै क्षेत्रमा सक्रिय रहे, लोकप्रीयताकमाए, दर्शकलाई हँसाउनु हँसाए, अहिले यो जोडी सामाजीक काममा पनि सक्रिय छ। भूकम्पपछि उनीहरुको चर्चा अझै बढेको छ। हाँस्य टेलिश्रृंखला प्रसारण बन्दभएपनिउनीहरु चम्कीरहेका छन्। सञ्चार माध्यममा छाइरहेका छन्। कारण उनीहरुले गरेको सामाजीक सेवा नै हो।

dhurmussuntali

दर्शक हँसाउने, भूकम्प पिडीतलाई न्यानो बाँड्ने, एकिकृत बस्ती बनाउने, सरसफाई अभियानचलाउनमाधुर्मुस सुन्तलीव्यस्त छन्। सामाजीककाममाप्रोत्साहान र उर्जा थप्ने सहयोगीहातहरुको खोजीमा छन्। यसको साथमाजतिकाम गरेका छन्, त्यसको अभिलेख राख्नमा सचेत देखिएका छन्। धुर्मुस धुर्मुस सुन्तली डट कम मार्फत डिजीटल बजारमा उदाएका छन्।

धुर्मुस सुन्तली डटकममा उनीहरुले गरेका सम्पूर्ण कामहरुको बारेमाजानकारी लिन सकिनेछ। साजीक कामका लागि उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशन पनि खोलेका छन्। साथमा धुर्मुस सुन्तलीको हाँस्य-व्यंग्य प्रस्तुतिहरु पनि वेभसाइटमा राखिएको छ। आफ्ना सिर्जनालाई जीवन्त राख्न मद्धत गर्ने भएकाले वभेसाइटको आवश्यकता ठानीएको सिताराम कट्टेलले जानकारी दिएका छन्। आधुनीक प्रविधिको विकाससँगै दर्शकसँगसिधासम्पर्क स्थापीत गर्न सजीलो हुने कुञ्जना घिमीरेको विश्वास छ। दर्शक, शुभेच्छुक र सहयोगी सबैसँग नजीक रहनकालागि फेसबुक पेज, युट्युब च्यानलमा पनि सक्रिय रहेको उनीहरुले बताएका छन्।

SUBSCRIBE 👉