भुकम्प पिडितहरुका लागि न्यानो बाढ्ने अभियानमा दिपक र दिपा


हाँस्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले भुकम्प पिडितहरुका लागि लुगा हस्तान्तरण गरेका छन्। सामाजिक सञ्जाल मेन्स रुम रिलोडेड (एम आर आर ) मार्फत भुकम्प पिडित सम्म लत्ताकपडा पु्र्याईने जानकारी गराईएको छ। विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि दिपक दिपाले रु दुई लाख नगद सहित न्यानो लुगा हस्तान्तरण गरेका हुन्।

dipakraj giri dipa shree niraulaमेन्स रुम रिलोडेडका एडमिन विक्रम केसीले लुगा र पैसा बुझ्दै दिपक दिपाको यो कामको प्रशंसा गरे। चिसोको पिडामा रहेको नेपालीहरुलाई न्यानो बाड्ने अभियानमासबैलाई सरिक भईदिन पनि उनले आग्रह गरेका छन्।

‘बारपाक, लाप्राकलगायतका अन्य क्षेत्रका भूकम्प पीडितहरु हिउँमा बसिरहेको देख्दा हाम्रो मन पनि चिसो भयो, मैले आफै फेसबुकमा न्यानो कपडा सहयोग गर्न आव्हान गरेपछि सोचे भन्दा बढी न्यानो लुगा संकलन गर्न सक्यौं,’दीपकले भने,‘हामीले दुईवटा हिट फिल्म बनाएपछि त्यसबाट प्राप्त मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने योजना अनुरुप हामीले दुई लाख रुपैंया पनि सहयोग गरेका हौं।’

दिपकका अनुसार अब लाईफ लंग उनीहरुले आफ्नो कमाईको १० प्रतिशत सामाजिक काममा लगाउनेछन्। सामाजिक काममा लाग्न पाउँदा आफुलाई निकै आनन्द मिलेको दिपाश्रीले प्रतिक्रिया दिईन्। हाम्र सानो सहयोगले पीडितको अनुहारमा उज्यालो आउँछ भने त्यो काममा हामी किन अघि नबढ्ने भनेर न्यानो कपडा अभियान अगाडि बढाएका हौं’ दिपाश्री सुनाउछिन्। त्यस्तै दिपक दिपाले एक लाख रुपैया किर्तिपुरमा रहेको एक बाल आश्रमका एचआईभी संक्रमित बालबालिकालाई सहयोग गर्ने घोषणा पनि गरे।

SUBSCRIBE 👉