भुकम्प पिडितको सयोगार्थ मानवताका पाईलाको सांगितिक कार्यक्रम


२०७२ सालमा गएको बिनासकारी भुकम्पले दुर्गम ठाउमा बस्ने थुप्रै ब्याक्तीहरुलाई नराम्रो संग दुःखको दिएको छ। यो दुखलाई पार लगाउन समाजका हरेक शक्ति निरन्तर निस्वार्थ रुपमा लागि परेका छन्।

singer Milan Amatyasinger Milan Amatyaयसै क्रममा आगामि माघ १७ गते आईतबार दरबारमार्गको नर्लिङ्ग गजलमा मानवताका पाईला नामक अभियानले नुवाकोट छाप गाबिसका भुकम्प पिडितलाई सहयोग गर्न सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा गायिका मिलन अमात्य र नेपाली तारा ३ प्रताप लामाले आफ्नो प्रस्तुती दिने भएका छन्।

मिलन अमात्य र प्रताप संगै अन्य कलाकारहरुको समेत उपस्थिती रहेने कार्यक्रम संयोजक नबिन कोईरालाले जानकारी दिएका छन्। कार्यक्रम बाट उठेको सम्पूर्ण रकम छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुलाई राहात वितरण गरिनेछ।

SUBSCRIBE 👉