डा.रणजित कुमार झाको भिडियोमा नायिका शिल्पा पोखरेलको दोहोरो भूमिका


वरिष्ठ फिजिसियन तथा गायक डा.रणजित कुमार झाले आफ्नो नयाँ गीत ‘सरी माइ बाबा…’ को म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट सार्बजनिक गरेका छन्। गायक झाको तेस्रो एकल एल्बम ‘जीवनपथ’ मा समावेश गरिएको यो गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्।

Shilpa Pokhrel

Shilpa Pokhrel & Pushpa Khadka

भिडियोमा नायिका शिल्पा पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन्। भिडियोमा नायिका शिल्पा पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकी छिन्। एउटा भूमिकामा शिल्पा अभिनेता पुष्प खड्काको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् अर्कोमा उनले पुष्पको आमाको भूमिका निर्वाह गरेकी छिन्।

गायक झाले नै गीतको शब्द तथा संगीत तयार पारेका हुन्। महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोको छायांकार हरि हुमागाईं हुन् भने निशान घिमिरेले यो भिडियो सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉